धनकुटा प्रेस सम्वाददाता
धनकुटा/चैत्र १७ गते देखि पुर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औ संस्करण धनकुटामा सञ्चालन हुने भएको छ ।
सहिद भीमनारयण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी चैत्र १७ देखि २३ गतेसम्म धनकुटाको तल्लो टुडिखेलमा प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो । प्रतियोगितामा ए डिभिजन क्बल सहित देशका बिभिन्न स्थानका ८ क्लबले सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउने गोल्डकप आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए । प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत उत्कृष्ट पुरस्कार समेत रहेको उनले जानकारी दिनुभयो । । प्रतियोगिता सञ्चालनका लागि ३६ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति समेत निर्माण गरेको प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । प्रतियोगितामा आयोजक टिम सहित नमोबुद्ध युथ फुटबल क्लब सप्तरी, चित्लाङ फुटबल क्लब काठमाण्डौ, विर्तामोड युनाइटेड क्लव झापा, ब्वाईज फुुटवल क्लब इटहरी सुनसरी, गाईघाट फुटवल क्लब उदयपुर, एपीएफ काठमाण्डौ र बेलबारी फुटबल क्लब मोरङ गरि आठ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । वि.सं.२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ सस्करण हो । शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि वि.सं.२०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले वि.सं.२०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
- dhankutapress