धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटेली समागम–२०७९ काठमाण्डौं, आठौं भेला–२०८३ धनकुटाले विभिन्न समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान एवं धनकुटा नगरका कक्षा–१२ मा उत्कृष्ठ जिपिए ल्याउन सफल ६ जना विद्यार्थीहरुलाई जनही १५ हजारका दरले प्रोत्साहन पुरस्कार वितरण गरेको छ ।
समागमले सनिवार धनकुटामा भव्य समारोहको आयोजना गरेर समुदायमा वौद्धिक एवं सामाजिक चेतनाका बाहक बनेका ८७ वर्षिया गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाका संरक्षक टिकाप्रसाद लामीछानेलाई नगदसमित दोसल्ला, प्रमाणपत्र, दोसल्ला र खदा मालाले सम्मान गरिएको छ । त्यसैगरी धनकुटाले चिन्न नसकेको, तर धनकुटालाई राम्रोसंग चिनेका स्वास्थ्य क्षेत्रमा विगत लामो समय देखि योगदान पुर्याईरहेका धनकुटा इस्टिच्युट अफ हेल्थ साईन्सका संचालक रामनारयण प्रसाद ‘रामा‘ लाई पनि नगदसमित दोसल्ला, प्रमाणपत्र, दोसल्ला र खदा मालाले सम्मान गरिएको छ । त्यसैगरी धनकुटाको ५० वर्ष पुरानो मौलिक उत्पादन धनकुटे नरिवल बिस्कुटका अविस्कारक धनकुटा–४ का स्व.विश्वेश्वरमान श्रेष्ठलाई मृत्युपर्यन्त सम्मान गरिएको छ । उहाँको योगदानको स्मृतिमा स्व.विश्वेश्वरमान श्रेष्ठका जेठा छोरा इस्युशंकर श्रेष्ठलाई नगदसमित दोसल्ला, प्रमाणपत्र, खदा मालाले सम्मान गरिएको छ ।
त्यसैगरी सोही कार्यक्रममा समागमले धनकुटा नगरका कक्षा–१२ मा उत्कृष्ठ जिपिए ल्याउन सफल ८ वटा विद्यालयहरु मध्येबाट छनौटमा परेका ६ जना विद्यार्थीहरुलाई नगद १५ हजारका दरले प्रोत्साहन पुरस्कार वितरण गरेको छ । प्रोत्साहन पुरस्कार धनकुटा नगरपालिका वडा नं.२ भीरगाउँमा रहेको टंक माविमा कक्षा–१२ मा अध्ययनरत अनुषा तामाङ, धनकुटा–६ मा रहेको गोकुण्डेश्वर माविका सन्ध्या नेपाल, सन्ध्या खत्री, धनपा–५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर माविका रबीना कार्की, समिका भण्डारी र भाषा मावि धनकुटा–३ कागतेका पार्वती गौतमलाई नगद १५ हजार सहित प्रमाणपत्र, खदा मालाले सम्मान गरिएको छ । उनीहरुलाई धनकुटा–६ का मायादेवी विष्णुवहादुर स्मृति प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको हो । सोही क्रममा ओम शान्ति धनकुटाकी विके निर्मला ढकाल, धनकुटा–७ का जेष्ठ सदस्य गोर्खवहादुर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सम्मानित एवं पुरस्कृत हुने व्यक्तित्व एवं विद्यार्थीहरुलाई धनकुटेली समागमका संस्थापक संयोजक धनकुटा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख नारयण जोशी, हालका संस्थापक संयोजक सशीशेखर श्रेष्ठ, ‘मायादेवी–विष्णु वहादुर‘ का परिवारका सदस्यहरु अग्निवहादुर श्रेष्ठ र सबिन श्रेष्ठले सम्मान एवं पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा धनकुटा नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा आवद्ध भएर योगदान पुर्याईरहेका सामाजिक व्यक्तित्वहरु, साहित्यकार, पत्रकार, संघसंस्थका अगुवाहरु, उधोगी व्यवसायी, शिक्षक, प्राध्यापक, खेलाडी, महिला अधिकारकर्मीहरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
धनकुटेली समागम ५० वर्ष उमेर काटेका ५२ जना धनकुटेलीहरुले २०७९ सालमा काठमाण्डौंमा भेला भएर स्थापना गरेको समाजिक रुपमा स्थापित अनौपचारिक संस्था हो । काँही कतै दर्ता नरहेको अनौपचारिक रुपमा हाल स्थापित भएको यस संस्थाको परिकल्पनाकार धनकुटा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख नारयण जोशी र धनकुटा कचिडेका डा.तिर्थ मिश्र हुन । शुरुमा ५ जनाको समिति बनाएर धनकुटाका योगेन्द्रहरी श्रेष्ठलाई संयोजक तोकिएको थियो । स्थापना भएको ५ वर्षमा यस संस्थाको हालसम्म आठौं समागम भेला भै सकेको छ ।
- dhankutapress