Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

धनकुटामा यो पटक कांग्रेसले जसपालाई सघाउनु पर्छ–पुर्व मन्त्री चेम्जोङ

जिल्ला उपाध्यक्ष घिमिरे सहित आधा दर्जन नेता कार्यकर्ता निश्काशित

  •   २ वर्ष अघि | ११ भदौ २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जनता समाजावदी पार्टी नेपालका केन्द्रिय नेता तथा १ नम्वर प्रदेश इन्चार्ज रकम चेम्जोङले यो पटकको संघिय चुनावमा गठवन्धन दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई सघाउनु पर्ने दावी गरेका छन् । 

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति धनकुटाको जिल्ला स्तरिय कार्यकर्ता भेला, स्थानिय तहको निर्वाचन समिक्षा, पार्टी पुनर्गठन, संगठन विस्तार तथा निर्वाचन अभियानलाई सनिवार धनकुटामा सम्वोधन गर्दे मन्त्री चेम्जोङले यस्तो दावी गरेका हुन् । 

जिल्ला स्तरिय कार्यकर्ता भेला, पार्टी पुनर्गठन, संगठन विस्तार तथा निर्वाचन अभियान कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरु ।

मन्त्री चेम्जोङले धनकुटाको हकमा ०७४ को प्रतिनिधिसभाको चुनाबमा नेपाली कांग्रेसका हालका नेता सुनिल वहादुर थापालाई जसपा नेपालले धनकुटामा सहयोग गरेकाले यस पटक आफूलाई सहयोग गर्नु पर्ने दावी गरे । चेम्जोङले विगतको चुनावहरुमा कस्ले के ग¥यो त्यो धनकुटे जनताले समिक्षा गर्ने दिन आएको भन्दै यस पटक प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी धनकुटाबाट रहने वताएका छन् । 

आफू गठवन्धनमा आफ्नो दलको तर्फबाट सिटवाँडफाँड गर्ने कार्यदलमा सदस्य रहेको वताउँदै मन्त्री चेम्जोङले भने–‘जम्मा १ सय ६५ सिटमा १ सय सिट नेपाली कांग्रेस, माओवादी ६५ सिट, नेकपा एसले ३५ सिट, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरिरहेका छन् ।’ यो कुनै पनि हालतमा सम्भव छैन भन्दै समय आएपछि पक्कै पनि गठवन्धन दल देशव्यापी रुपमा एउटा सहमति पुग्नेमा आफू ढुक्क रहेको मन्त्री चेम्जोङले बताए । 

 जसपा पार्टीमा प्रवेश गरेका धनपा वडा नं.८ का तिहार कुमार राई, जीवन राई, हरि वहादुर राई, थामकुमार राई र राकेश राई पार्टी प्रवेश पछि सामहिक तस्विर लिदै ।

नेकपा एमालेको नेतृत्वमा २ तिहाईको सरकार संघ र प्रदेशमा रहेको वेला धनकुटा प्रदेशको राजधानी गुमेको स्मरण गर्दै मन्त्री चेम्जोङले भने–‘एमालेको कारण धनकुटा हरेक हिसावले पछि पर्नु, विकासका वाटाहरु वन्दहुनु, भोलिको दिनको लागि राम्रो संकेत होईन ।’ जसरी भएपनि धनकुटाबाट प्रतिनिधिसभामा आफ्नो उम्मेद्धवारी दिने दावी गर्दै पुर्व मन्त्री चेम्जोङले भने–‘यो पटक धनकुटेली जनताको साथ रहने छ ।’

जनता समाजवादी पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष पार्वती राईको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेला तथा संगठन विस्तार तथा निर्वाचन अभियान कार्यक्रममा पार्टीको नीति शिद्धान्त विपरित कार्य गर्नेहरुलाई निस्कासन गरिएको वताइएको छ । निस्काशित गरिएकाहरुमा पार्टीका जिल्ला उपाध्यक्ष विकास घिमिरे, धनकुटा नगर समितिका अध्यक्ष दिलकुमार राई, महालक्ष्मी नगर समितिका अध्यक्ष नरेन तुम्वा लगायत आधा दर्जन नेता कार्यकर्ताहरुको साधरण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन गरिएको का.वा.अध्यक्ष पार्वती राईले वताईन । 

भेलालाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य एवम् जसपा १ नम्वर प्रदेश सह–इन्चार्ज आर्सी तुम्वा । 

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि जसपा पार्टीमा प्रवेश गरेका धनपा वडा नं.८ का तिहार कुमार राई, जीवन राई, हरि वहादुर राई, थामकुमार राई र राकेश राईलाई पार्टी नेता रकम चेम्जोङले अविर, खदा लगाएर पार्टी प्रवेश गराएको पार्टी उपाध्यक्ष गोपाल लिम्वुले वताए । भेलालाई पार्टीका प्रभावशाली नेता तथा १ नम्वर प्रदेश सहा–इन्चार्ज एवं प्रदेशसभा सदस्य आर्सी तुम्वा, पार्टीका सघिय समिति सल्लाहकार हेमकर्ण तुम्सा, संघिय समिति सदस्य धर्मराज राई, सरकुमारी आठपहरिया लगायतले सम्वोधन गरेका थिए । जनता समाजवादी पार्टी धनकुटाको अध्यक्ष पार्वती राईको अध्यक्षतामा ५४ सदस्सीय जिल्ला समिति पुनर्गठन गरिएको पनि उपाध्यक्ष लिम्वुले वताएका छन् । भेलामा पार्टीको सातै तहका पार्टी मातहतका पदाधिकारी एवं सदस्यहरु, जनवर्गिय संगठनका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

  • Dhankutapress

थप