Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू

  •   २ वर्ष अघि | ३ फाल्गुन २०७८, मङ्लबार

उसो त पत्रकारहरूलाई डेट गर्न सहज छैन । सटिक, विश्लेषणात्मक, सीधा हुने भएकोले उनीहरू सीतिमिति कसैसँग प्रभावित भइहाल्दैनन् । त्यस्तै, उनीहरू ‘वर्कहोलिक’ प्रकृतिका समेत हुने हुनाले समय नदिएको महसुस पनि हुन सक्छ ।

यस्तोमा पत्रकारलाई डेट गर्न पक्कै पनि सहज नहुने निश्चित जस्तै छ तर, यदि तपाईं उनीहरूसँग सम्बन्धमा हुनुहुन्छ भने यस्ता कतिपय कुरा छन्, जसले पत्रकारसँग डेट वा सम्बन्धमा हुनु तपाईंका लागि निकै रमणीय ठहरिन सक्छ ।

१. उनीहरूलाई राम्रा ठाउँहरूबारे ज्ञान हुन्छ 

पप कल्चरअनुसार पत्रकार असामाजिक र आत्मवादी एवं पूर्वाग्रही देखिन सक्छन् तर वास्तवमा भने पत्रकारहरूलाई विभिन्न कार्यक्रम तथा समारोहमा गइरहनु पर्ने भएकाले उनीहरूलाई त्यस्ता अनेक ठाउँहरूबारे ज्ञान हुन्छ र उनीहरू घुम्न जान राम्रो ठाउँ रोज्न सहयोग गर्न सक्छन् ।

२. उनीहरू सिर्जनशील हुन्छन्

लेखनी पेसा भएका कारण सिर्जनशीलता उनीहरूको अर्को गुण हो । यद्यपि, उक्त सिर्जनशीलता समाचार, फिचर लेखनीमात्र नभई कतै तपाईंलाई सुन्दर प्रेम पत्र वा भावानुव्यक्तिमा समेत आउन सक्छ ।

३. गफिनका लागि उपयुक्त व्यक्ति

वाककलामा पोख्त पत्रकारहरूसँगको कुराकानी तथा गफगाफ निकै रोचक र अन्त्यहीन हुनसक्छ ।

४. पैसा दोस्रो प्राथमकितामा

पैसा कमाउने पेसाको रूपमा पत्रकारितालाई बुझ्नु गलत हुन्छ । पैसामुखी व्यक्तित्वहरू पत्रकारितामा लाग्दै लाग्दैनन् । यसकारण पनि उनीहरूको लागि पैसा प्राथमिकताको दोस्रो श्रेणीमा आउँछ । जसकारण तपाईंलाई उनीहरूले प्राथमिकताको लिस्टमा पैसाभन्दा माथि नै राख्ने छन् ।

५. भरोसायोग्य

विश्वास अनि भरोसा पत्रकारको प्रमुख गुण हुन् । महत्वपूर्ण जानकारी रेकर्ड राख्ने देखि स्रोतको विश्वास उनीहरूले जितेका हुन्छन् । पत्रकारसँग डेट गर्नुहुन्छ भने उनीहरू तपाईंका रहस्यहरू गोप्य राख्न भरोसायोग्य पात्र हुन सक्छन् ।

६. ‘मल्टिटास्क’ मा पोख्त

कहिले नसकिने डेडलाइन, फोन कलमार्फत अनवरत कुराकानीसँगै जानकारी टाइप गर्नेदेखि प्रेसरयुक्त वातावरणमा पनि पत्रकार काम गर्न सक्छन् । जसको कारण उनीहरूमा मल्टिटास्कको क्षमता विकास भएको हुन्छ । उक्त प्रवृतिकै कारण उनीहरू आफ्ना काम अनि सम्बन्धलाई पनि उचित समय व्यवस्थापन गर्न सक्छन् । दिनभरको थकित कामपश्चात पनि उनी आफ्ना प्रियलाई माया प्रकट गर्न बिर्सिंदैनन् ।

७. उनीहरू तपाईंलाई ‘स्पेस’ दिन्छन्

पत्रकारहरूलाई स–साना विषयमा झगडा, तर्क गर्ने समय हुँदैन । दैनिकचर्याको लेखाजोखा पनि उनीहरूले तपाईंबाट लिँदैनन् । जसकारण तपाईंलाई आफ्नो ‘स्पेस’ दिन्छन् र सोही प्रकारको व्यवहार आफ्नो लागि पनि अपेक्षा गर्छन् ।

८. उनीहरू मेहेनती हुन्छन्

पत्रकार हुनु सजिलो छैन । उनीहरू मेहेनती र सहनशील हुन्छन् । पब्लिक रेलिसन बनाउने देखि समाचारको लागि स्रोतसँगको समय बिहान, दिउँसो, साँझ जुनसुकै समय पनि उनीहरू तयार रहन्छन् । अल्छीपना उनीहरूमा हुन्न । सही समयमा सही जानकारी र कामको हेक्का उनीहरूलाई हुन्छ । सोही नियम उनीहरूको दैनिक जीवन तथा सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्ध सुमधुर बनाउन पनि उनीहरू उत्तिकै मेहेनत गर्छन् ।

९. राम्रो वाचकमात्र नभई कुशल श्रोता पनि

पत्रकारसँग सुनाउन र बताउनको लागि निकै रोचक किस्साहरू हुन्छन् । गफिनेसँगै उनीहरू कुशल श्रोता पनि हुन्छन् । उनीहरू ध्यान दिएर तपाईंहरूलाई सुन्छन्, जुन एउटा सम्बन्धका लागि अत्यन्त आवश्यक हुन्छ । यसका साथै, उनीहरूले स–सानो हिन्टबाट पनि तपाईका धेरै कुरा बुझिहाल्छन् ।

१०. उनीहरू सहयोगी हुन्छन्

उनीहरू सहयोगी स्वभावका हुन्छन् । चाहे त्यो कम चिनजान वा थोरै मात्र सामिप्यता भएकै किन नहोस् । उनीहरूले चिनेजानेको स्रोत तथा समुदायबाट तपाईंलाई सहयोग गर्न कुनै कसर छोड्दैनन् ।

११.  ‘फ्रि टिकट’ को सुविधा

पत्रकारहरूलाई कम्पिलिमेन्टरी टिकट मिल्ने गर्दछ । यदि तपाईंलाई कतै जानु छ, नाटक हेर्नु छ, घुम्नु छ भने ‘फ्रि टिकट’ को व्यवस्था उनीहरूले गर्न सक्छन् ।

स्टोरीपिकबाट अनूदित

  • dhankutapress

थप