Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा हिन्दू स्वयंसेवक संघको चहलपहल वढ्यो

  •   ३ हप्ता अघि | २७ असोज २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/हिन्दू स्वयंसेवक संघ, नेपाल कोशी सम्भाग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रारम्भिक वर्ग २०८३ सम्पन्न भएको छ ।

धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको वर्गमा १३ वर्षभन्दा माथिका विभिन्न विद्यालयका ६० जना विद्यार्थीहरु सहभागी भएका थिए । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवाससहित हिन्दू स्वयंसेवक संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।हिन्दू स्वयंसेवक संघ धनकुटाका सह–सचिव भेषराज कटेलको अध्यक्षतामा सम्पन्न वर्गमा सहभागी विद्यार्थीहरुलाई अनुशासन, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा स्वयंसेवकीय भावनासम्बन्धी प्रशिक्षण दिइएको हिन्दू स्वयंसेवक संघ धनकुटाले जनाएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रशिक्षणले विद्यार्थीहरुमा सामाजिक सद्भाव, नैतिक मूल्य, नेतृत्व क्षमता र सेवाभाव विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई समाजप्रति जिम्मेवार बनाउँदै सकारात्मक गतिविधिमा प्रेरित गर्ने उद्देश्य राखिएको हिन्दू स्वयंसेवक संघ धनकुटाका सह–सचिव कटेलले बताए ।

  • dhankutapress

थप