धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटामा तासजुवा खेल्ने गतिविधि बढ्दै गएको स्थानीय स्तरमा जनगुनासो बढेपछि प्रहरीले सो कार्यमा निगारानी वढाउने क्रममा पक्राउ पर्ने संख्याले तिब्रता पाएकोे छ ।
यसैक्रममा विगत दुई दिनमा तासजुवा खेल्दै गरेका २० जनालाई प्रहरीले ठाउँकोठाउँ पक्राउ गरेको छ । धनकुटा नगरपालिका वडा नं.१ हिले र चौबिसे गाउँपालिका वडा नं.२ डाँडागाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी दुई स्थानबाट प्रहरीले ३ लाख ५० हजार बढी नगद र खेलमा प्रयोग गरिएका विभिन्न सामग्री बरामत गरेको छ ।
यसैक्रममा मंगलबार बिहान धनकुटाको चौबिसे गाउँपालिका वडा नं.–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बिहान करिब ४ बजे दीपक सारु मगरको घरमा तास खेलिरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता (डिएसपी) हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
टोलीले तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना सहित १२ जनालाई २ लाख ३६ हजार २ सय ५० रुपैया“ सहित नियन्त्रणमा लिएको हो । तास खेलिरहेका व्यक्तिहरुमा इमा मगर, राजेन्द्र मगर, गुणराज राई, लेखबहादुर लिम्बु, योगेन लिम्बु र राम चेम्जोङ रहेका छन । त्यस्तै खेल हेरिरहेका सुमन मगर, समिर मगर, प्रजल मगर, प्रदिप मगर, विशाल मगर र धिरेन चेम्जोङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जुवातास खेल्ने÷खेलाउने कार्यलाई नेपालको कानुनले अपराध सो सरह महलमा राखेको छ । दिनहु“जसो जुवातास खेल्ने तथा खेलाउने पक्राउ परिरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कानुन वमोजिम कार्वाही हुने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता (डिएसपी) हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन् ।
- dhankutapress