Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी

  •   २ महिना अघि | २९ भदौ २०८३, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/किराँत राई यायोक्खा जिल्ला कार्यसमिति धनकुटाको ८ औं जिल्ला अधिवेशनको बन्दसत्रबाट पुनः उद्धवमणि राई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । आठौं अधिवेशनको वन्द सत्रले अध्यक्ष उद्धवमणी राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।

किराँत राई यायोक्खा केन्द्रिय समितिका उपाध्यक्ष तिलक प्रसाद याम्फू राईको प्रमुख आतिथ्यमा सम्पन्न आठौं जिल्ला अधिवेशनको बन्दसत्रले नवगठित कार्यसमितिको उपाध्यक्षमा मनकुमारी राई र सन्तोष नाछिरिङ राई, सचिवमा बसन्त खाम्ला राई, सह–सचिवमा एलिजा हाङखिम राई र कोषाध्यक्षमा आशा चाम्लिङ राई चयन भएका छन ।त्यस्तै सदस्यहरूमा मुलुकमान राई, बलप्रसाद छारा राई, मेनुका राई, अमर चाम्लिङ राई, चन्द्रकुमारी राई, यज्ञबहादुर राई, रेजिना राई र दीपक मुकाङ राईलगायत चयन भएका छन । अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ नेतृत्वले किराँत राई समुदायको भाषा, संस्कृति, संस्कार, पहिचान तथा हकहितको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष उद्धमणी राईले सर्वसम्मत रुपमा अध्यक्ष पदमा भयन भएपछि आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै भने–‘मैले अघिल्लो कार्यकालमा किराँत राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाको भवन वनाए, अव यस पटक पनि मलाई पुनः अध्यक्ष वनाउनु भएकोमा सवैलाई धन्यवाद दिदै केशि न केशि नयाँ काम गरेर देखाउँछु ।‘

  • dhankutapress

थप