Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

नेकपा एमालेका केन्द्रिय सल्लहाकार समिति सदस्य गोपाल गुरागाँई माथि खुकरी प्रहार

  •   २ वर्ष अघि | २६ चैत्र २०७८, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गोपाल गुरागाँईलाई सनिवार अपरान्ह १.३० वजेको समयमा आफ्नै निवासमा खुकरी प्रहार भएको छ । 

उनलाई धनकुटा नगरपालिका वडा नं.६ आत्मारा निवासी आफ्नै छिमेकी वर्ष २३ का दिनेश पोख्रेलले परिवारसंग गफ गरेर वसीरहेको अवस्थामा अचानक खुकरी प्रहार गरेका हुन् । खुकरी प्रहारबाट वर्ष ७६ का नेता गुरागाँईको दाहिने आँखाको माथिल्लो भागमा गहिरो चोट लागेको छ । घट्ना लगत्तै नेता गुरागाँईलाई तत्काल जिल्ला अस्पताल धनकुटा प्राथमिक उपचारको लागी ल्याइएको थियो । उनको यहाँ उपचार हुन नसके पछि थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी लक्ष्मीराज अधिकारीले बताए ।

खुकुरी प्रहारवाट गम्भिर घाईते भएका गुरगाँइको दाहिने आँखाको माथिल्लो भागमा ८ वटा टाँका लागेको छोरा राजु गुरागाँईले बताए । उनका अनुसार वुवाको टाउँमा निक्कै गहिरो चोट लागेको र ७र८ वटा टाँका लागेकाले टाउकोको सिटी स्क्यान गरिएको बताए । विपिमा तत्काल सिटी स्क्यान गरेपनि सनिवार साँझसम्ममा रिपोर्ट नआएको बताइएको छ । विपिको इमर्जेन्सी शाखामा उपचार गराई राखेका नेता गुरागाँईको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छोरा राजु गुरागाँईले बताएका छन् । टाउकोमा गहिरो चोट लागेको कारण रगत धेरै बगेको वताईएको छ । 

घट्नाको वारेमा छोरा गुरागाँईले गम्भिर शंका गरेका छन् । जस्ले खुकुरी हानेका छन् तिनि मान्छेसंग कहिले पनि वुवाको भेटघाट नभएको र कुराकानी पनि नभएको बताउछन् । उनी भन्छन छिमेकी भएपनि वुवासंग दिनेशको कुनै काम पर्देन थियो तर एक्कासी किन विना कारण परिवारसंग घरैमा वसीरहेको वेला खुकरी प्रहार गरे ? यो अनुशन्धान गर्नु पर्ने विषय छ । उनले आफ्नै घरको आगनमा वुवा, आमा, हामी छोरा, वुहारी र २ जना नानीहरु वसीरहेका थियौं, घरको पेटीबाट काखीमा खुकुरी च्यापेर ल्याएर एक्कासी वुवाको टाउकोमा आवाज आउँदा परिवार नै छक्क परेको बताए । ठ्वाक्क आवाज आयो यसो हेर्दा आगनभरी रगत तै रगत भएको र वुवा एक्कासी ढलेको छोरा राजुले बताए । उस्ले घरमा गएर परिवारलाई मैले गोपाल हजुर बा लाई काटेर आए भनेर पनि सुनाएको राजुले बताए । मानसिक सन्तुलन गुमाएर आफै घट्ना घटाएको हो या कोही कसैबाट प्रयोग भएको हो भन्ने वारे गम्भिर अनुशन्धान गर्नु पर्ने छोरा राजुले माग गरेका छन् ।  

घट्ना पछि खुकुरी प्रहार गर्ने दिनेश पोख्रेललाई प्रहरीले तत्काल पक्राउ गरेको एस्पी लक्ष्मीराज अधिकारीले बताएका छन् । पोख्रेललाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । पोख्रेलको घरबाट खुकुरी समेत वरामद गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने २३ वर्षिय पोख्रेल मनसिक सन्तुलन गुमाएको हुन सक्ने बताइएको छ । घट्नाको विषयमा गहिरो अनुशन्धान भैरहेको एस्पी अधिकारीले बताएका छन् ।  


  • dhankutapress

थप