Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

जिल्ला स्तरिय जागरण भेला धनकुटामा सम्पन्न

पहिचानबादीहरुले वडा तहमा समानन्तर सरकार गठन गर्ने

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

धनकुटा प्रेस अनलाईन खवर न्यूज डेक्स

धनकुटा/‘इतिहास, भूगोल, सभ्यता र संस्कृति रक्षार्थ हाम्रो आव्हान, समृद्ध नेपाल र पहिचानको आधारमा पुनःनामंकन गर्न जिल्ला जागरण’ भन्ने मुल नाराको साथ प्रदेस नं.१ को पुनः नामकरण संघर्ष समिति धनकुटाको जिल्ला भेला सनिबार सम्पन्न भएको छ । 

प्रदेस नं.१ को पुनः नामकरण संघर्ष समितिका केन्द्रिय नेता डगेन्द्र सिं थेगिमको प्रमुख आतिथ्यमा जिल्ला स्तरिय भेला, प्रशिक्षण कार्यक्रम तथा जागरण भेला सम्पन्न भएको हो । ‘कोशी नाम खारेज र भ्रष्टचार विरुद्ध जनअभियान–०८१’ नाम दिइएको जिल्ला स्तरिय प्रशिक्षण, अन्तरक्रिया तथा भेलालाई सम्बोधन गर्दै पहिचानवादी नेता थेगिमले प्रदेस १ को नाम कोशी पश्चगामी नाम भएको बताए । 

उनले कोशी नदी नेपालमा नभएको भारतिय नामलाई नेपाली जनतालाई स्विकार्य नहुने बताए । पहिलो चरणको आन्दोलनबाट धेरै उपलब्धीहरु भएको स्मरण गराउँदै थेगिमले भने–‘पहिचावादीहरुको आन्दोलनको कारणले तत्कालिन हिकमत बहादुर कार्कीको नेतृत्वको प्रदेस सरकार ढल्यो, केन्द्रसम्म प्रभाव समेत प¥यो ।’ 

उनले थपे–‘संयोगले भनौं यो योजनावद्ध फेरी तिनै हिकमत बहादुर अहिले प्रदेस १ का मुख्यमन्त्रि छन्, हामी दोश्रो चरणको शान्तिपुर्ण आन्दोलन अघि बढाउन र आगामी मंसिर २ गते प्रदेसको नाम कोशी विरुद्ध प्रदेस सभा घेराउ तथा विरोध कार्यक्रम आयोजना गर्न पुर्व तयारीको लागि जिल्ला दौडाहा गरिरहेका छौं ।’ उनले अभियानको मुख्य ऐजेण्डा भनेको अहिलेको सरकार भ्रष्टचारी÷भ्रष्टचारी मिलेर बनेको सरकार भएकाले श्रृङ्गखलाबद्ध भ्रष्टचारको काण्डहरुलाई भण्डाफोर गर्दै अघि बढ्ने बताए ।

पहिचानवादी प्रदेस १ मा तेश्रो निर्णायक राजनीतिक शक्ति :

थेगिमले थपे–‘मंसिर–२ गतेको विराटनगरमा हुने प्रदेससभा घेराउ कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक रुपमा साथ र सहयोग जुटाउन सबैलाई आग्रह गर्दछु ।’ उनले इलामको उप–निर्वाचनले प्रदेश १ मा पहिचानवादी शक्तिलाई तेश्रो निर्णायक शक्तिको रुपमा स्थापित गरि सकेको दाबी गरे । उनले भने–‘हामीले निर्वाचन चिन्ह पाएको १० दिनमा ११÷१२ हजार भोट ल्याउन सफल भयौं, त्यो नै सबै भन्दा ठूलो उपलब्धी हो ।’ 

उनले निर्वाचनमा देश,विदेशबाट साथ सहयोग गर्ने सबै सबैलाई धन्यवाद् समेत दिए । उनले पछिल्लो समयमा नेकपा माओवादीले पहिचान र संघीयताको पक्षमा लाग्ने पार्टीलाई साथ र समर्थन नगरेर पहिचान विरोधीपार्टी लाई समर्थन गर्नु प्रदेस १ को लागि दुभाग्र्य भएको जिकिर समेत गरे ।

पहिचानवादीको वडा तहमा समानन्तर सरकार :

नेपाल जनमुक्ति पार्टीका केन्द्रिय सचिव एल्बी पालुङ्गवाले पहिचानवादीहरुले वडा–वडासम्म समानन्तर सरकार गठन गरेर अघि बढ्ने बताए । उनले भने–‘प्रदेस १ मा पहिचानवादीहरुको अबको राजनीतिक कार्यदिशा भनेको संविधानमा व्यवस्था भएको स्वशासन मार्फत ‘स्वयत्तता, विशेष क्षेत्र र संर े व्यवस्था मिलाउने गरी आन्दोलन केन्द्रित हुनु पर्छ ।’ उनले पहिलो चरण अन्तर्गत अन्तर जिल्ला गठन गरी सकेपछि दोश्रो चरणमा पालिका स्तरमा संगठन गर्ने बताए । उनले भने–‘आगामी मंसिर २ गते विराटनगर केन्द्रित शान्तिपुर्ण आन्दोलनमा वढी भन्दा वढी यूवा उतार्ने गरी जिल्ला जिल्लामा तयारी गर्नु पर्छ ।’  

उनले प्रदेस १ मा रहेको सवै भन्दा धेरै जनसंख्या भएको जाति समुदाय देखि लिएर कम जनसख्या भएको जाति समुदायलाई समेत समेटेर आन्दोलनलाई अघि वढाउन सकियो भने मात्र सफल हुने बताए । प्रदेस १ मा कोशी नाम विरुद्ध सवै जाति समुदाय र राजनीतिक पार्टीहरु एक छन् भन्ने भाश्य निर्माण गर्न सकियो भने मात्र राष्ट्रिय÷अन्तराष्ट्रिय समर्थन जुट्ने नेता लावतीको कथन थियो ।  

अन्तरक्रिया कार्यक्रमा सामाजिक जनतन्त्र प्रवद्र्धक एवं नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले कुरा एकातिर काम अर्को तिर गर्ने गलत प्रबृत्तिले गर्दा पहिचानको आन्दोलन सफल हुन नसकेको खुलासा गरे । उनले भने–‘देशमा धेरै खाले राज्य व्यवस्थाको लागि आफूले प्रस्ताब गरेको शासन व्यवस्था संघीय गणतन्त्र नेपाल भएपनि अब पहिचान स्थापित गर्न सामाजिक जनत्न्त्रले मात्र सम्भव हुन्छ ।’ 

शान्तिपुर्ण आन्दोलनमा राज्य पक्षबाट हस्तक्षेप भए सडक बिद्रोह :

त्यसैगरी किराया महासचिव तथा पहिचानका लागि यूवा अभियानका केन्द्रिय संयोजक भीम राइले प्रदेस १ मा पहिचानवादीहरुले १८ महिना देखि निरन्तर आन्दोलन गरिरहेको सहभागीहरुलाई स्मरण गराए । उनले भने–‘हामीले प्रदेस १ मा पहिचान र सामाथ्र्यलाई लत्याएर गुण्डागर्दि शैलीमा कोशी नाम राख्ने सांसदहरु विरुद्ध आन्दोलन गर्नु परेको बताए । त्यति मात्र नभएर पहिचावादीहरुलाई आतंकारीको बिल्ला भिराउने ठूला भनिएका राजनीतिक नेताहरु, प्रदेस सांसदहरु सहित (८२+३)को विरुद्धमा अभियान केन्द्रित हुनु पर्नेमा उनको जोड थियो । उनले दोश्रो चरणको आन्दोलन आगामी मंसिर–२ गते देखिको शान्तिपुर्ण आन्दोलनमा पनि राज्य पक्षबाट हस्तक्षेप भयो भने सडकमा बिद्रोह हुने चेतावनी दिए । 

लिम्वूवान राष्ट्रिय समिति परिचालन हुने :

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नन्दु याम्फूले आगामी मंसिर २ गते विराटनगरमा केन्द्रित हुने शान्तिपूर्ण आन्दोलनमा लिम्वूवान राष्ट्रिय समितिलाई आफ्नो पार्टीको तर्फबाट परिचालन गर्ने बताए । प्रदेस नं.१ को पुनः नामंकन संघर्ष समिति धनकुटा जिल्ला संयोजक संजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न कोशी नाम खारेज र भ्रष्टचार विरुद्ध जनअभियान–०८१’ नाम दिइएको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा किराँत राई यायोखाका सचिव नगेशचन्द्र राईले पनि सम्बोधन गरेका थिए ।  

पहिचानवादी मोर्चाका धनकुटा जिल्ला संयोजक सरकरमारी आठपहरिया, जनता समाजवादी पार्टी नेपाल धनकुटा जिल्ला अध्यक्ष पार्वती राई, संघीय लिम्वूवान मञ्चका जिल्ला अध्यक्ष आशिष थेगिम, जसपाका निशान किराँती, नेफिन धनकुटाका अध्यक्ष नविकिशोर शाक्य, नागरिक अभियान्ता सुन्दरवावु श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

मंसिर–२ गते एकल जातिय संस्थाहरुको सहभागिता हुने :

साथमा, जिल्लामा रहेका एकल जातिय संस्थाहरु किराँत याक्थुङ्ग चुम्लुङ, किराँत राई योयोखा, नेपाल शेर्पा संघ, नेवाःपुचः, नेपाल मगर संघ लगायत एकल जातिय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । जिल्ला भेलाले शान्तीपूर्ण ढंगले दोश्रो चरणको आन्दोलन गर्ने, पालिकाहरुमा समानन्तर पहिचानवादीको वडा सरकार गठन गर्ने, मंसिर–२ गतेको प्रदेस सभा घेराउ कार्यक्रम सफल बनाउन आर्थिक सहयोग संकलन अभियान चलाउने निर्णय भएको छ । मंसिर–२ गतेको विराटनगर केन्द्रित आन्दोलनमा १४ वटै जिल्लाबाट एकल जातिय संस्थाहरुको सहभागिता हुने पनि जानकारी दिइएको छ । 

त्यसैगरी प्रदेश १ मा पहिचानवादी शक्ति तेश्रो राजनीतिक शक्तिको रुपमा इलामको उप–निर्वाचन पछि स्थापित गराई सकेकोले मिसन–०८४ लाई पनि त्यहि रफ्तार काम गर्ने गरी आगामी कार्यदिशा निर्माण गरेर अघि वढ्ने निर्णय भएको छ । साथै, पहिचानवदाीहरुको आगामी कार्यदिशा के हुने भन्ने विषयमा अतिथि वक्ता र सहभागी विच वृहत छलफल एवं वहस भएको छ । साथै, अशोज १५ गते चौविसे गाउँपालिकाको राजारानीमा पहिचानवादीहरुको बृहत पालिका स्तरको भेला आयोजना गर्ने भनि निर्णय भएको जिल्ला संयोजक संजय सन्तोषी राईले बताएका छन् ।  

  • dhankutapress

थप