धनकुटा प्रेस सम्वाददाता
धनकुटा/‘समृद्धिको आधार पुर्ण समावेशी संचार‘ भन्ने मुल नाराको साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज १ नम्वर प्रदेस समितिको ८ औं प्रदेश भेला तथा साधरणसभा साथै २७ औं स्थापना दिवसको विशेष कार्यक्रम धनकुटाको भेडेटारमा हुने भएको छ ।
आदिवासी जनजाति पत्रकाहरुलाई धार्मिक एवं साँस्कृतिक स्थलहरुलाई पर्यटनसंग कसरी जोड्न सकिन्छ भन्ने उदेश्यले तालिम आयोजना गर्न लागिएको हो । विशेष गरेर साँगुरीगढी गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेकाले साँगुरी गाउँपालिका भित्रका प्रमुख पर्यटकिय स्थलहरुको विभिन्न संचार माध्यामहरु मार्फत प्रचार प्रसार गरी सो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फोनजकर्मीहरुको लागि अभिुमकिखकरण तालिम समेत आयोजना गरिएको प्रदेस अध्यक्ष विजयवोध लावतीले जानकारी दिएका छन् ।
प्रदेस भेला तथा फोनिजकर्मीहरुको तालिम यहि अशोज १९ र २० गते साँगुरीगढी गाउँपालिका–६ थुम्कीमा रहेको भेडेटार भिलेज रिसोर्टको सभाहलमा सम्पन्न हुनेछ । फोनिजको प्रदेस भेला तथा पर्यटन प्रवद्र्धन सम्वन्धी तालिममा भाग लिन करिव १ सय ५० जनाको हाराहारीमा फोनिजकर्मीहरुको उपस्थिति रहने जनाइएको छ । फोनिजको प्रदेस नं.१ को १४ वटै जिल्लामा जिल्ला समितिहरु रहेको छ र हरेक समितिबाट कम्तीमा ८ जनाको दरले सहभागी हुनेछन् ।
कार्यक्रममा पहिचान सम्वन्धी कलम चलाउने एक पुरुष, १ महिला आदिवासी जनजाति पत्रकारलाई पहिचान पत्रकारिता पुरस्कार समेत जनही दश हजार नगद सहित प्रमाणपत्र, दोसल्ला ओडाएर सम्मान एवं पुरस्कृत गरिनेछ ।
- dhankutapress