धनकुटा प्रेस सम्वाददाता
धनकुटा/कोशी प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि इन्द्रमणी पराजुलीले नेपालमा छुवाछुत भन्ने शब्दै दुनियाँले सुन्दा चरम अमानवीय र कुरुप भएको बताएका छन् ।
प्रदेस सरकारको सामाजिक मन्त्रालयले ‘२० औं जातिय भेदभाव तथा छुवाछुत अनमुलन राष्ट्रिय दिवस–२०८३‘ को अवसरमा शुक्रवार धनकुटामा आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि पराजुलीले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको पराजुलीले भने–‘दलित समुदायको समश्या समाधान गर्न व्यवाहरिक रुपमा परिवर्तन गर्न सक्नु पर्छ ।‘ मान्छे मान्छे विचको विभेद अमानविय भएको भएको बताउँदै मन्त्रि पराजुलीले भने–‘जातिय भेदभाव तथा छुवाछुत गर्ने पिडकलाई कार्वाही र पिडितलाई न्याय दिन राज्य पछि हट्न नहुने र यस्ता घट्ना पिडितलाई राज्यले न्याय दिन सक्नु पर्दछ ।‘
कार्यक्रमका विशेष अतिथि एवं प्रदेस सरकार सामाजिक विकास मन्त्रि रामप्रसाद महतोले दलित समुदायले हिनतावोध लिन नहुने बताएका छन् । राज्यले संविधानमै व्यवस्था गरेर ऐन कानुन् बनाएर व्यवहारिक रुपमा लागु गरिरहेको मन्त्रि महतोले बताए । उनले विश्वकर्माले बनाएको सामान अन्य जातिले प्रयोग गरेर हरेक बर्ष अशोज १ गते विश्वकर्मा पुज गर्छन,विश्वकर्मालाई मान्छन् त्यो कुरापनि कार्यपत्रमा लेख्नु पर्ने बताए । आफू तराईवासी भएको बताउँदै मन्त्रि महतोले भने–‘तराइमा सवै भन्दा तल्लो जात भनेर डोम जाति मान्छौं, त्यहि डोमले बनाएको समानहरु सबै जातिले छटमा पुजा गर्ने गर्छन ।‘ उनले भन–‘भेदभाव, छुवाछुत भनेको दिनप्रतिदिन न्यूनिकरण हुँदै जाँदैछ, तपाईहरु ढुक्क हुनुहोस ।‘
धनकुटा नरपालिकाका उप–प्रमुख भीमादेवी खनालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति धनकुटाका उपाध्यक्ष एवं दलित नेता नैन विश्वकर्माले ‘२० औं जातिय भेदभाव तथा छुवाछुत अनमुलन राष्ट्रिय दिवस–२०८३‘ को सवालमा एक कार्यपत्र प्रश्तुत् गरेका थिए । प्रश्तुत् कार्यपत्रमा विश्वकर्माले नेपालमा ६० लाख दलित समुदाय रहेको वताउँदै दलित शब्द दास युगको अवशेष भएको बताए । उनले भने–हिन्दु धर्म भएको राष्ट्र भारत र नेपालमा मात्र छुवाछुत प्रथा रहेको छ ।‘ उनले दलितहरुमा आर्थिक समश्या, भूमिहिनता, परम्परागत पेशा र हालको अवस्था, हलिया प्रथा, बालीघरे प्रथा, राजनीतिक, प्रशासनिक समश्या, नेपाली शब्द कोश मै अनर्थ र जात मै अनर्थ, अवसर र चुनौतीहरु, अव दलित समुदायको लागि के गर्न सकिन्छ भन्ने विषयवस्तु स्पष्टसंग प्रश्तुत् गरेका थिए । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्रि उमाकान्त गौतम, आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रवन्धक दुर्गा बराल, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी, प्रदेस शिक्षा निर्देशक कृष्ण प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा दलित एकता समाजका धनकुटा जिल्ला सचिव रविन्द्र नेपालीले टिप्पणी राखेका थिए । प्रश्तुत् कार्यपत्र र टिप्पणी माथि गैसस महासंघ धनकुटाका अध्यक्ष मीन सुवेदी, नागरिक समाज धनकुाटका संयोजक सुन्दरवावु श्रेष्ठ, जनजाति महासंघ धनकुटाका पुर्व उपाध्यक्ष जयपूर्ण भूजेल, धनकुटा क्याम्पसका सह–प्राध्यापक कृष्णगोविन्द अधिकारी, शिक्षक थमवहादुर विश्वकर्मा, पत्रकार महासंघ धनकुटा शाखाका सल्लाहकार सन्तवीर लामा लगायतले सुझाव राखेका थिए । सो अवसरमा दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शंकरले अन्तरक्रिया कार्यक्रमबाट तयार पारिएको धनकुटा घोषणापत्र बाचन गरेर सहभागीलाई सुनाएका थिए । कार्यक्रम धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले अन्तरक्रिया कार्यक्रमको औचित्य माथि प्रकास पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए भने सामाजिक शाखा प्रमुख राजु गुरागाँईले सञ्चालन गरेका थिए । 



- dhankutapress