Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

विश्वको सवैभन्दा अग्लो किराँत माङ्गहिम धनकुटाको राजारानीमा बन्दै

वडाध्यक्ष चेम्जोङ आफै जनश्रमदानमा जुट्दै

  •   २ महिना अघि | २४ फाल्गुन २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

राजारानी/धनकुटाको चौविसे गाउँपालिका वडा नं.६ स्थित् माङतुङसिङ (लिम्वू भाषामा देवताहरु भेट्ने रुख रहेको ठाउँ) डाँडामा विश्वकै सवै भन्दा अग्लो यूमा माङ्गहिम निर्माण हुँदैछ । 

किराँत धर्मावलम्वीहरुले चन्दा संकलन गरेर, वडा कार्यालय, चौविसे गाउँपालिका र प्रदेश सरकारको विशेष लगानीमा विश्वकै सवै भन्दा अग्लो युमा माङ्गहिम निर्माण भैरहेको छ । चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङका अनुसार हालसम्म यूमा माङ्गहिम निर्माणको लागि २ करोड भन्दा माथि लगानी भैसकेको वताए । उनले जमिनमुनि १२ फिटको ९ लोक र जमिन माथि ९ लोक वा तलाको माङ्गहिम निर्माणको काम धमाधम भैरहेको बताए । ९ तलाको माङ्गहिम निर्माण भै सक्दा १० करोड भन्दा माथि खर्च लाग्ने प्राविधिक अनुमान रहेको अध्यक्ष चेम्जोङ्गले बताएका छन् ।

चौविसे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम दाहालले चालु आ.व.०८०÷०८१ म धार्मिक, साँस्कृतिक एवं पर्यटकिय स्थलहरुको विकास र प्रवद्र्धनको लागि २ करोड वरावरको वजेट रहेको वताए । उनले विनियोजित वजेट मध्येबाट माङ्गहिम, मठ, मिन्दर र पर्यटकिय स्थलहरुको प्रवद्र्धनको लागि भैरहेको काम मध्ये युमा माङ्गहिम पनि एक भएको वताए ।

युमा माङ्गहिमको निर्माण कार्य ०६० साल देखि थालिए पनि बजेट अभावको कारणले नियमित रुपमा काम गर्न नसकिएको चौविसे गाउँपालिका वडा नं.६ का वडाध्यक्ष आशिष चेम्जोङ्गले बताए । उनले माङ्गहिम निर्माणको लागि प्रदेस सरकारबाट ४० लाख रुपयाँ आएको बताए । हाल वडा नंं.६ को पहल र गाउँपलिकाको विशेष लगानीमा माङ्गहिम निर्माणको काम भैरहेको बताए । माङ्गहिम राजारानी वजार देखि केहि माथि माङ्गतुङ्गसिङ्ग डाँडामा निर्माण भैरहेको छ । यो माङ्गहिम किराँत जोतिषशास्त्र अनुसार त्रिलोक, अठार भूवनको संरचनामा बनेको छ । यो माङ्गहिमको भुई मुनि ९ लोक र जमिन माथि ९ लोक रहने गरी १२ फिट गहिरो जमिनमुनिबाट निर्माण गरिएको चौविसे वडा नं.६ का वडाध्यक्ष आशिष चेम्जोङले बताए । 

वडाध्यक्ष चेम्जोङ आफै डोकोमा इटा वोक्दै । 

उक्त माङ्गहिम विश्वकै किराँत धर्मावलम्वीहरुको एक मात्र पवित्र धार्मिक स्थलको रुपमा विकास गर्ने उदेश्यले निर्माण भैरहेको दावी वडाध्यक्ष चेम्जोङको छ । यस माङ्गहिममा किराँत वेदको वाचन गरेर विभिन्न कर्मकाण्डहरु गर्ने गरिएको छ । हाल माङ्गहिम निर्माण भैरहेको स्थानमा पौराणिककालमा मावरक र पावरक (राजारानी) नागनागिनको क्रिडा स्थल रहेको किंवदन्ति रहेको छ । वडाध्यक्ष चेम्जोङले माङ्गहिम निर्माणको लागि अझै ८ करोड भन्दा वढी रकम चाहिने भएकाले सहयोगको लागि प्रदेश सरकार र संघीय सरकारका मानिय संसादहरुलाई आग्रह समेत गरेका छन् । माङ्गहिमको काम हिजोआज धमाधम भैरहेको छ । वडाध्यक्ष चेम्जोङ आफै पनि जनश्रमदानमा इटा वोक्ने देखी अन्यकाममा जुटिरहेका छन् । 

उनले चौविसे गाउँपालिका भित्रको ५० वटा पर्यटकिय गन्तव्यहरु मध्ये १० वटा भन्दा वढी पर्यटकिय गन्तव्यहरु राजारानी वजार र आसपासमा रहेका बताए । यहाँ रहेको नागवेली पार्क, रानीताल, साम्लोलुङधुङ (गीत गाउने ढुङ्गा), घ्याम्पे झर्ना, काली झर्ना, सिद्धथान, राजारानी थान, किर्तिपुर माङ्गथाना, केलाङ्गपार्क, राजातालको सिमली बोट लगायतका छन् । 

पछिल्लो समयमा भेडेटार रवि राँके सडक बनिरहेकोले गर्दा सडक कालपत्रे भैसकेपछि चौविसेको राजारानी क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको घुँइचो लाग्ने देखिन्छ । स्थानियले पर्यटक प्रवद्र्धनको लागि आवश्याक पर्ने होटल, लज, रेष्टुरेण्टहरुको भने थप व्यवस्थित् गर्न जरुरी देखिन्छ ।   


  • Dhankutapress

थप