Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

धनकुटाको सहिदभुमीमा महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्मन्न

  •   ५ महिना अघि | १७ असार २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटाको सहिदभूमी गाउँपालिकामा प्रथम महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्मन्न भएको छ ।

असार १३ गतेदेखि १५ गतेसम्म पञ्चकृषण माविको प्राङ्नगणमा सञ्चालन भएको सो प्रतियोगितामा वडा नं. ५ र वडा नं. १ विजेता बनेको छ । सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउन आयोजित प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुक्रबार महिलातर्फ वडा नं १ र ५ बीच भएको फाइनल खेलमा १५–६ अन्तरले वडा नं ५ बिजयी भएको छ ।

प्रतियोगिताको पहिलो सेट २८–२५ ,दोस्रो सेट २५–१७ ,तेस्रो सेट १७–२५ , चौथो सेट २५–१९ ,पाचौ सेट १५–६ अंक सहित चार सेटमा जित निकाल्दै प्रथम अध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पार्न वडा नं. ५ सफल भएको हो ।

पुरुषतर्फ वडा नं १ र वडा नं. ३ बीच भएको फाइनल खेलमा वडा नं. १ बिजयी भएको छ । वडा नं १ ले वडा नं. ३ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१६, दोस्रो सेट २५–१७, तेस्रो सेट २७–२५ ले वडा नं. १ विजयी भएको हो । महिला तर्फ वडा नं. ५ प्रथम हुदै नगद ४५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । द्धितिय वडा नं १ ले नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र पाएको छ भने तृतीय हुने वडा नं ४ लाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

पुरुष तर्फ प्रथम हुने वडा नं. १ ले नगद ४५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । खेलका दितिय भएको वडा नं ३ लाई नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र र तृतीय वडा नं. २ लाई १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

खेल समापन कार्यक्रममा गाँउपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की, वडा अध्यक्षहरु रमेशकुमार राई, सफल राई, आदेश राई, होमबहादुर राई, कार्यपालिका सदस्य सोम राना लगायतले पुरस्कार वितरण गरेका थिए ।

  • Dhankutapress

थप