Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

१८औँ संस्करणको सहिद भीमनारायण गोल्डकपको उद्धघाटन खेलमा सलहेश विजयी

  •   ५ महिना अघि | १० जेष्ठ २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/सहिद भीमनारायण गोल्डकपको १८औँ संस्करण आइतबारदेखि सुरु भएको छ । 

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा सिराहाको सलहेश फुटबल क्लब विजयी भएको छ । सलहेशले सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराएको हो । उद्घाटन खेल गोलरहित बराबरीमा सकिएपछि खेलको ट्राइबेकरबाट लिइएको थियो ।

ट्राइबेकरमा सलहेशका फागुराम थारु, दिवाकर चौधरी, विदेशी खेलाडी डेभिट ताओ चेस्सी र सुजन डंगोलले गोल गरेका थिए भने रोमन भुजेलको प्रहार बाहिरिएको थियो । यस्तै राष्ट्रिय जागृतिका निवास फुयल, विदेशी खेलाडी केल्भीन, दोर्जे तामाङ मात्रै गोल गरेका थिए भने सुजन चौधरीको प्रहार बारमा लागेर बाहिरिएको थियो भने विदेशी खेलाडी ओलाबी ओफ्रेजको प्रहार सलहेशका गोलकीपर योगेश धिमालले रोकेका थिए । खेलको प्लेयर अफ द म्याच सलहेश रोशन पहाडी घोषित भए । उनले नगद ६ हजार रुपैयाँ तथा मेडल प्राप्त गरे ।  प्रतियोगिता अन्तरगत सोमबार गाईघाट फुटबल क्लब उदयपुर र विर्तामोड युनाइटेड क्लब झापाबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने भएका छन् । हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसअघि खेलको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार संधै तयार रहेको बताए । उनले प्रदेश सरकारले खेलाडीको सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

विं.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।

  • dhankutapress

थप