Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटामा शिक्षकले छात्रामाथि यौन दुव्र्यावहार गरेको आरोप

कार्वाहीको माग गर्दै आरोपित शिक्षक विरुद्ध प्रहरीमा किटानी जाहेरी

  •   २ वर्ष अघि | २६ असार २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा न.८ साङताङमा रहेको देउराली माविमा कार्यरत शिक्षक चन्द्र कुमार राई (एवाई) लाई छात्रा माथि यौनदुव्र्यवहार गरेको आरोप लागेको छ ।

राई विरुद्ध कक्षा–८ मा अध्ययनरत एक छात्रालाई गएको मंगलवार विहान १०.३० वजे कक्षा कोठामा यौन दुव्र्यावहार गरेको आरोप पिडित विद्यार्थिले लगाएका हुन् । शिक्षक राई विरुद्ध आईतवार जिल्ला प्रहरी कार्यालय धनकुटामा पिडित छात्राहरु र उनका अविभावकहरुले कानुनी कार्वाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । सहिदभूमि गाउँपालिका वडा नं.३ कुङलाङ टोल घर भएका वर्ष ४० का राई ०६५ साल देखी धनपा–८ देउराली मा.वि.साङताङमा राहात दरवन्दी कार्यरत थिए । 

विद्यालयमा अध्ययनरत कक्षा–८ देखी १० सम्मका छात्राहरुले विगत लामो समय देखी आफूहरुलाई शिक्षक राईले यौन दुव्र्यवहार गरेको प्रहरी समक्ष खुलासा गरेका छन् । मंगलवारका दिन छात्र–छात्राहरुले सरप्राईज दिएर विद्यालयमा कार्यरत एक शिक्षिकाको कक्षा–८ को कक्षा कोठामा जन्मदिन मनाएका थिए । शिक्षिकाको जन्म दिन मनाउने क्रममा केही छात्राहरु अनड्रेसमा आएको भन्दै शिक्षक राईले मैया भन्दै ढाडमा सुमसुमाउँदै दुव्र्यवहार गरेको पिडित छात्राले वताईन । राई कक्षा कोठामा पढाउन जाँदा विद्यार्थिहरु शिक्षिकाको वर्थ डे मनाउदै थिए । वर्थ डे मनाउने शिक्षक राई र शिक्षिका विच भने विवाद नभएको वताइएको छ । घट्ना पछि हाल फरार रहेका राईले कक्षा कोठामा होमवर्क चेक गर्ने क्रममा अगाडी वोलाएर मैया भन्दै ढाडमा सुम्सुमाएर चाकमा हिर्काउने र संवेदनशिल अंगहरुमा छुने गरेको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आएकी एक छात्राले धनकुटा प्रेसलाई बताईन । 

विद्यालयका प्रधानाध्यापक याम वहादुर वस्नेतले घट्ना मंगलवार दिउँसो घटेको वताएका छन् । वुधवार र विहिवार विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष लगायत पदाधिकारी र पिडित  परिवार राखेर मिलाउने प्रयास प्र.अ. वस्नेतले गरेका थिए । घट्ना मिलाउनको लागि लामो प्रयास गर्दा पनि कुरा नमिलेपछि छात्रा माथि यौन दुव्र्यवहारको विषयलाई लिएर प्रहरी कार्यालयसम्म आईपुग्नु परेको प्र.अ.बस्नेतको भनाई थियो । उनले आईतवार जिल्ला प्रहरी कार्यालय, धनकुटामा जाहेरी दिएको भएपनि सोमवार विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र पिडित वालिकाहरुका अविभावकहरुसंग छलफल गरेर समश्याको सामधान खोज्ने बताए ।

देउराली मावि विद्यालय व्यवस्थापन समितिका सदस्य रामकुमार आठपहरियाले कक्षा–१० मा अध्ययन गर्ने आफ्नो छोरीले घट्नाको विषयमा जानकारी गराएकोले आफुले थाहा पाएको वताए । यौन दुव्र्यवहार गरेको भन्दै शिक्षक चन्द्र कुमार राई एवाईलाई कार्वाहीको माग गर्दै विद्यालयका प्र.अ.वस्नेतलाई दिएको निवेदन प्र.अ.स्वयमले च्यातेर घट्नालाई ढाकछोप गर्न खोजेपछि विद्यार्थि र अविभावकहरुको आरोप छ । दोशी शिक्षक उपर कानुनी कार्वाही गर्नको लागि दिएको निवेदन प्र.अ.वस्नेतले वुधवार च्यातिदिए पछि त्यहाँ अध्ययरत विद्यार्थिहरु थप आक्रोशित भएका छन् । प्र.अ.वस्नेतले विद्यार्थिहरुले दिएको निवेदन च्यातेको स्विकारेका छन् । 

यस अघि पनि पटक÷पटक शिक्षक राईले छात्राहरु माथि यौन दुव्र्यवहार गरेको आरोप छ । शिक्षक राईबाट छात्राहरु माथि भएको यौन दुव्र्यवहारको घट्ना विद्यालयमै प्र.अ. र विद्यालय व्यवस्थापन समिति वसेर अविभावकलाई थाहा नै नदिई  मिलाउने गरेको खुलेको छ । कक्षा कोठामा वोलाउँदा अगाडी नजाने विद्यार्थिहरुको होमवर्क शिक्षक राइले नहेर्ने गरेको अर्का एक छात्राले वताए । आफूहरु सोझो, सिधा र नमिुखा बोल्न नसक्ने भनेर हेपेर शिक्षक राईले कक्षा कोठामा नै विगत देखी नै यौन दुव्र्यवहार गर्दै आएको पिडित विद्यार्थिहरुको आरोप छ । उनीहरुले यस अघिको घट्नामा आफूहरु माथि शिक्षक राईले गरेको यौन दुव्र्यवहारको पिडा सुनवाई नभएको गुनासो समेत गरेका छन् । 

घट्नाको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएस्पी चिरिन्जिबी दाहालले देउराली मा.वि.मा अध्ययनरत पिडित छात्राका अविभावकहरुले शिक्षक राई विरुद्ध यौनदुव्र्यवहारको आरोप किटानी जाहेरी दिएको वताए । उनले कसुर मुलुकी अपराध संहिता २०७४ को दफा २२५ अन्तर्गत बालयौन दुरुपयोग गरेको ठहरिए कानुनी कार्वाही हुने बताए । प्रवक्ता दाहालले शिक्षक राई घट्ना पछि फरार रहेको बताएका छन् । धनकुटा प्रेसले आरोपित शिक्षक चन्द्रकुमार राईको मोवाईल नंं.९८४२२१८५७५ मा सम्पर्क गर्दा उनको मोवाईल स्वीच अफ रहेको थियो । 

  • Dhankutapress

थप