Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको महालक्ष्मीमा विधुत सर्ट भई आगलागी, ५ लाखको क्षति

  •   ३ हप्ता अघि | २७ असोज २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.–४ चनुवामा विद्युत् सर्ट भई आगलागी हुँदा एक घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलवार बिहान ९.१० बजेको समयमा योगेश अधिकारीको टिनको छानो र काठपात तथा टिनको बेराले बनेको एकतले कच्चि घरमा आगलागी भएको हो । आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चानुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट घर, घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न तथा सोही घरमा सञ्चालित कस्मेटिक पसलका विभिन्न सामान पूर्ण रूपमा जलेर नष्ट भएक छ । घटनाबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ /

  • dhankutapress

थप