Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको भेडेटारमा दुर्घटनामा परेको स्कार्पियोबाट ३ सय ४१ किलो गाँजा बरामद, एक जना पक्राउ

  •   ३ हप्ता अघि | २१ असोज २०८३, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.–६ भेडेटारमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३ सय ४१ किलो गाँजा बरामद भएको छ । सकारपियो दुर्घटना स्थलबाट शंकास्पद अवस्थामा भेटिएका एक जना यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलवार राति करिब ११ः५५ बजे ढुंगेबाट भेडेटारतर्फ आउँदै गरेको बा.१३ च ६२७५ नम्बरको स्कार्पियो भेडेटारस्थित स्काईवाक नजिकै भित्री सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले गाडी चेकजाँच गर्दा बोरामा प्याक गरी राखिएको ३ सय ४१ किलो गाँजा बरामद गरेको हो ।दुर्घटनाग्रस्त स्कार्पियो गाडीभित्र भने कोही फेला परेनन । घटनास्थल नजिकै शंकास्पद अवस्थामा रहेका मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१० बस्ने वर्ष ३९ का अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गाँजा र स्कार्पियोसहित विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे आवश्याक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन । 

  • dhankutapress

थप