Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको चौबिसेमा अलकत्रा पोल्ने बिटुमिन टिष्टिब्युटर मेसिनमा आगलागी

  •   १ महिना अघि | १४ असोज २०८३, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/रवि–राके–भेडेटार सडकखण्ड अन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका ६ धाराचोकमा अलकत्रा पोल्ने बिटुमिन टिष्टिब्युटर मेसिनमा आगलागी भएको छ ।

अलकत्र तताउने क्रममा बिटुमिन टिष्टिब्युटर मेसिनमा आगलागी भएर क्षति भएको हो । आज बिहान १०ः४० बजे एप्को इन्फ्राटिच निर्माण कम्पनीको युपी ४२ बीटी ६९२५ नम्बरको बिटुमिन डिस्ट्रिब्युटर मेसिनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

सडकमा रोकेर अलकत्र तताउने क्रममा अचानक बिटुमिन टिष्टिब्युटर मेसिनमा आगलागी भएको क्षेत्रीले बताए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजारानी, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट सवारी साधन पूर्ण रूपमा क्षति भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

  • dhankutapress

थप