Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

भारती मावि चुङ्गमाङ धनकुटालाई डा.सुनिल शर्माले दिए ५ करोड (फोटो फिचर सहित)

  •   १ महिना अघि | ६ असोज २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको पाख्ीवास नगरपालिका वडा नं.१० मा रहेको भारती माविमा अक्षयकोष स्थापना गर्न र छात्रवृत्तिको लागि कांग्रेसका नेता डा. सुनिलकुमार शर्माबाट ५ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् । 

धनकुटाको पाख्रीवास–१० मा पर्ने उक्त विद्यालयको नाम पनि आगामी दिनमा परिवर्तन गरिने भएको छ । वि सं २००८ सालमा श्रीपञ्चमीको दिन स्थापना भएको पाख्रीबास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयको नाम अब भने ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ रहने छ ।जिल्लाकै एक अग्रणी विद्यालयहरूमा पर्ने उक्त विद्यालय स्वर्गीय नरबहादुर कुथुमी राई, छत्रबहादुर कुथुमी राई तथा हरिप्रसाद पोख्रेलको प्रमुख अग्रसरतमा वि.सं.२००८ सालमा स्थापना भएको थियो । उक्त ऐतिहासिक विद्यालयको नाम परिवर्तन र छात्रवृत्तिको लागि नोबेल मेडिकल तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्माले ५ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् ।पुख्यौंली थलोमा रहेको उक्त विद्यालयको नाम आफ्ना पुर्खाको नाममा परिवर्तन गर्न ३ करोड रुपैयाँ र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा मा मेडिकल तर्फ अध्ययनका लागि २ करोड रुपैयाँ बराबरको छात्रवृत्र् िउपलब्ध गराएका हुन् । जस अनुसार अब विद्यालयको नाम ‘श्री भारती गणपति गुणलाल न्यौपाने माध्यमिक विद्यालय’ गर्ने सहमति भएको प्रधानाध्यापक हरिप्रसाद पौडेलले बताए । नाम परिवर्तनका लागि शर्माले विद्यालयको नाममा ३ करोड रुपैयाँ बराबरको चेक पनि हस्तान्तरण गरेका छन ।उच्च शिक्षा अध्ययनका लागि उपलब्ध गराइने २ करोड रुपैयाँ बराबरको छात्रवृत्ति काठमाडौं मेडिकल कलेजमार्फत सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतामा डा. शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पाख्रीबास–१० का वडाध्यक्ष हरि खत्री र पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङलगायतले हस्ताक्षर गरेका छन । सम्झौताअनुसार कक्षा ६ देखि उक्त विद्यालयमा निरन्तर अध्ययन गरी कम्तीमा पाँच वर्ष पूरा गरेका र एसईई उत्तीर्ण आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउनेछन । त्यस्ता विद्यार्थीले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षा उत्तीर्ण गरी आयोग वा विश्वविद्यालयको नियमअनुसार मेरिट वेसका आधारमा काठमाडौं मेडिकल कलेजमा अध्ययनका लागि छनोट हुनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यालयले सिफारिस गर्ने व्यवस्था गरिएको छ । छात्रवृत्तिअन्तर्गत काठमाडौं मेडिकल कलेजमा अध्यापन हुने डीएम, एमसीए, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएनएस, बीपीटीलगायतका शैक्षिक कार्यक्रम अध्ययनका लागि निःशल्ुक व्यवस्था गरिएको डा.शर्माले बताए ।विद्यालयको नाममा पुर्खाको नाम जोड्नु मात्रै आफ्नो उद्देश्य नभएको शर्माले बताए । उनले भने, ‘आफ्ना पुर्खाको नाम विद्यालयसँग जोड्ने विषयमा मात्र सीमित नभई पुर्खाबाट प्राप्त संस्कार, मूल्य, मान्यता, समाजसेवा र समाजिक जिम्मेवारीलाई आगामी पुस्ताका लागि अवसरका रूपमा रूपान्तरण गर्ने प्रयास हो ।’ 

सहयोग रकम हस्तान्तरण तथा छात्रवृत्ति सञ्चालन सम्बन्धी सम्झौता कार्यक्रमका लागि डा. शर्मा आफ्ना बाबु लोकनाथ न्यौपाने र आमा होमदेवी न्यौपाने, सासु उमादेवी बराल, कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य सुनिलवहादुर थापा, स.विधानसभा सदस्य मनोहर नारयण  श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, सचिव जयन्द्र घिसिङ, गजम घिसिङ, सुनिल डंगोल, विव्यस अध्यक्ष घनश्याम धमला, पुर्व अध्यक्षहरु आनन्द सन्तोषी राई, दधिराम तिम्सिना, रणवहादुर राई, नारयण प्रसाद पौडेल, लोकेन्द्र आले,  लगायत दर्जन वढी कांग्रेसका नेता कार्यकर्ता चुङमाङ पुगेका थिए ।डा.सुनिल कुमार शर्माको परिवारलाई विद्यालयको तर्फबाट अभिनन्दन समेत गरिएको थियो । 

  • dhankutapress

थप