Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

दिप्सिकाको मृत्यु कर्तव्य ज्यानबाट भएको भन्दै माइती पक्षले दिए किटानी जाहेरी

  •   ५ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/सहिदभूमी गाउँपालिका वडा नं.७ पाखा टोलमा घर भएकी वर्ष २३ कि दिप्सिका राईको मृत्यु कर्तव्य ज्यानबाट भएको भन्दै मृतकका माइती पक्षले दोषी उपर कडा कानुनी कार्वाहीको माग गर्दै आईतबार जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएका छन् ।

शहिदभूमी गाउँपालिका वडा नं.६ वरवोटे विवाह भएर गएका दिप्सिकाको वैसाख ७ गते वुधवार अपरान्ह १ वजे आफ्नै घरमा हत्या भएको भन्दै मृतकका माहिला दाजु नगेन्द्र राईले २ जनालाई किटानी जाहेरी दिएका हुन् । उनले आफ्नै ज्वाँई वर्ष २२ का विनय राई र वहिनी दिप्सिकाको सासु वर्ष ५० कि हेमकुमारी राई विरुद्ध कर्तव्य गरी हत्या गरेको भन्दै जाहेरी दिएको वताएका छन् । विनय र दिप्सिकाले ०७४ सालमा एक आपसमा मन परापर भएर ०७५ सालमा प्रेम विवाह गरेका थिए । 

दिप्सिकालाई वैसाख ७ गते वुधवार दिउँसो श्रीमान विनय र सासु हेमकुमारीले अत्याधिक मादक पदार्थ सेवन गरी कुटपिट गरेर घाँटीमा डोरीले कसी हत्या गरेको जाहेरीमा आरोप लगाइएको छ । दिप्सिकाको श्रीमान र परिवारले उच्च रक्तचापले ढलेर मृत्यु भएकी भनिए पनि उनको शरिरको विभिन्न भागमा घाउ,चोटपटक, निलडाम र शरिरको कपडा समेत उल्टो लगाको पाइएको जाहेरीमा उल्लेख छ । किटानी जाहेरीमा मृतकको शरिर भरी घाउ चोटपटक लागेकाले झुण्डी मरेको वा उच्च रक्तचापले ढलेको भन्ने कुनै आधार नभएकाले दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरिएको छ । दिप्सिकाको घट्ना घटेको ४ दिन पछि मात्र सनिवार साँझ दाहासंस्कार गरिएको छ ।

दिप्सिकाको माइला दाजु नगेन्द्र राईले आफ्नो एक मात्र चेली भएको वताए । वहिनीले ज्वाँइ विनयसंग विवाह गरेको ६ वर्ष भएको र तिन वर्षको भान्जी समेत रहेको वताएका छन्् । किटानी जाहेरीमा निजहरुलाई मुलुकी अपराध संहिताको ऐन ०७४ को दफा १७७ वमोजिम जघन्य अपराध गरेकोले हदैसम्मको सजाय गरी क्षतिपुर्ति दिलाउन भनिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी लक्ष्मीराज अधिकारीे मृतक दिप्सिकाको श्रीमान विनय राई र निजको आमा हेमकुमारी राई विरुद्ध दाजु नगेन्द्र राईले किटानी जाहेरी दिएको वताए । उनले आईतवार विनयलाई अदालतमा म्याद थप गरी अुनशन्धान शुरु गरिएको बताएका छन् । विनयको वयानको आधारमा निजका आमा हेमकुमारीलाई पनि पक्राउ गरिने एस्पी अधिकारीले बताए /

  • dhankutapress

थप