Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘पत्रकारले निष्पक्ष भएर काम गर्नु पर्छ‘–अध्यक्ष जितेन्द्र रुम्दाली राई (फोटो फिचर सहित)

  •   ४ हप्ता अघि | २० असोज २०८३, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले पत्रकारहरुले जहिले पनि निष्पक्ष भएर पत्रकारिता गर्नु पर्नेमा जोड दिएका छन् । उनले पत्रकारिता पेशा भनेको तिनै तहको सरकारको लागि प्रतिपक्षी भएर काम गर्नु पर्ने बताएका छन् ।मंगलबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१ समितिले २७ औं स्थापना दिवस, आठौं वार्षिक साधरणसभा साथै पहिचान पत्रकारिता पुरस्कार वितरण समारोहलाई मंगलवार धनकुटाको भेडेटारमा सम्बोधन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् । अध्यक्ष राईले मुलुकका सबै भाषा, सबै संस्कृति, सबै संस्कारहरूलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिएका छन् । उनले आफ्नै पालिकाको जनघनत्वलाई स्मरण गर्दै भने, साँगुरीगढी गाउँपालिकामा ‘जनसत्ताको हिसाबले ९० प्रतिशतभन्दा बढी आदिवासी जनजातिहरू बसोवास रहेको हिसाबले हरेक क्षेत्रमा त्यहि प्रतिसतका आधारमा समुदायमा लगानी भएको छ ।’पत्रकारिता पेशा भनेको आम नागरिकलाई सुसूचित गर्ने, नागरिकलाई सचेत गराउने, नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्ने र बेलाबखत सरकारलाई पनि औंला उठाउने होस् भन्ने उदेश्यले साँगुरीगढी गाउँपालिकाले विगत वर्षहरु देखि नै तालिमहरुको आयोजना गर्दै आएको अध्यक्ष राईले बताए । त्यस्तै, फोनिजका संघीय समितिका उपाध्यक्ष यमन राई (डोने) ले फोनिजकर्मीहरुले अरुको मिडियामा काम गरेपनि आफ्नो अधिकारको विषयमा हुने गतिविधीहरुलाई समाचारको माध्यामबाट सुसूचित गर्नु पर्ने बताए ।राष्ट्रिय समाचार समिति (रासस) का पूर्व प्रवन्धक निर्देशक सिद्धाराज राईले अहिलेको संघीय सरकारले गरेको निर्णय मोफसल पत्रकारहरुको हितमा नभएको बताए । उनले पहिचानको पक्षमा खरो कुरा गरेर मात्र नहुँने आ–आफ्नो संचार माध्याममा पनि त्यतिकै कलम चलाउन सक्नु पर्नेमा जोड दिए । उनले भने–‘पहिचान, पहिचान भनेर ढुक्रिन सक्नेले पत्रकारितामा कलम पनि चलाउन सक्नु पर्दछ ।‘ वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईले आदिवासी जनजातिहरु बढी दलीय स्वार्थमा लिप्त भएको बताए । वर्तमान सरकारले अहिले लोक कल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्य जनहित विपरित भएको राईले बताए । उनले सरकारी मिडिया बाहेककाअन्य निजी सञ्चारगृहलाई धरासाही बनाउने कार्य अहिलेको सरकारले गरिरहेको तत्काल निर्णय सच्याउन अनुरोध गरेका छन् । कार्यक्रममा किराँत राई पत्रकार संघका संघीय उपाध्यक्ष विशाल राई, लिम्बु पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्वा, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, साँगुरी गाउँपालिका वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष सुरेश याम्फू, लगायतले शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमको समुद्धघाटन सत्रमा फोनिज १ नं. प्रदेश समितिका उपाध्यक्ष खनेन्द्र राई (अर्जुन) ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रदेश अध्यक्ष विजयवोध लावतीको सभापतित्व र सचिव रामचन्द्र बम्जनले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई फोनिज धनकुटा शाखाकी अध्यक्ष मानवी मोक्तानले धन्यवाद ज्ञापन गरेकी थिईन ।  त्यसैगरी मंलवार नै फोनिज १ नं. प्रदेश समितिको ८ वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । साधारणसभामा फोनिज प्रदेश अध्यक्ष विजयवोध लावतीले संस्थाको सा(गठानिक प्रतिवेदन प्रश्तुत् गरेका थिए भने कोषाध्यक्ष सन्दिप राईले आर्थिक प्रतिवेदन प्रश्तुत् गरेका थिए । सो अवसरमा फोनिज झापाका सचिव सन्तोष बेघा, मोरङका अध्यक्ष अनिल श्रेष्ठ, सुनसरीका अध्यक्ष सुनिल चौधरी, उदयपुरकी अध्यक्ष रञ्जु दुनुवार, धनकुटाकी अध्यक्ष मानवी मोक्तान तामाङ, तेह्रथुमकी अध्यक्ष बबिता राई, ताप्लेजुङका अध्यक्ष दिलबहादुर लिम्बु र ओखलढुँगा जिल्लाका अध्यक्ष लिला श्रेष्ठले आ–आफ्नो जिल्लाको सांगाठानिक गतिविधीहरुको बारेमा लिखित प्रतिवेदन प्रश्तुत् गरेका थिए ।

  • dhankutapress

थप