Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

नेवि संघ धनकुटा क्याम्पस इकाइको आयोजनामा निमावी तह अध्यापन अनुमति पत्र परिक्षा तयारी कक्षा संचालन सुरु

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन पत्रिका सम्वाददाता 

धनकुटा/आगामी कात्तिक १८ गते हुन गइरहेको निम्न माध्यमिक तह अध्यापन अनुमति–पत्र परिक्षालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस ईकाई समितिले तयारी (सहजीकरण) कक्षा सुरु गरेको छ । 

धनकुटा वहुमुखी क्याम्पसमा संचालन हुने सात दिने निःशुल्क तयारी कक्षाको उद्घाटन आइतवार एक कार्यक्रमका वीच नेपाली कांग्रेसका धनकुटा सभापति दिनेश राईले गरेका थिए । कार्यक्रममा वोल्दै कांग्रेस जिल्ला सभापति दिनेश राईले नेवि संघ क्याम्पस इकाइले संचालन गरेको तयारी कक्षाले परिक्षा दिन लागेको विद्यार्थीहरुलाई सहयोग पुग्ने बताए । 

तयारी कक्षाको प्रमुख प्रशिक्षक शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत सन्तोष बराल रहेका छन् । 

तयारी कक्षा हरेक दिन विहान ७ देखि ८ बजेसम्म धनकुटा बहुमुखी क्याम्पसमा हुनेछ । कक्षा सुरु भएको पहिलो दिन १ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । तयारी कक्षा संचालनको अवधि एक हप्ताको भए पनि त्यसलाई बढाएर १५ दिनको बनाइने नेवि संघ क्याम्पस इकाइका कार्यवाहक सभापति रन्जन कार्कीले बताए । उनका अनुसार तयारी कक्षामा सहभागि हुने शतिप्रतिशत विद्यार्थी पास हुने लक्ष्य राखिएको छ । 

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व नेवि संघ सभापति खेम पौडेल, स्वतन्त्र विद्यार्थी यूनियन धनकुटा वहुमुखी क्याम्पसका सचिव सुवास खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पसका निमित्त प्रमुख मानवहादुर भण्डारी, पूर्व सहायक क्याम्पस प्रमुख (शिक्षातर्फ) दिनेश अधिकारी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सभापतित्व नेवि संघ क्याम्पस इकाइका कार्यवाहक सभापति रञ्जन कार्की र संचालन क्याम्पस इकाइ सहसचिव विरेन्द्र भण्डारीले गरेका थिए ।


  • Dhankutapress

थप