Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

निजामती आवासीय विद्यालय धनकुटाको शेक्षिक गुणस्तर विकासको लागि सरोकारवालाहरुसंघ छलफल

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

धनकुटा प्र्रेस सम्वाददाता

पञ्चमाया तामाङ

धनकुटा/धनकुटास्थित निजामती आवासीय विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासका लागि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । 

विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने उद्देश्यसहित सरोकारवालाहरूसँग छलफल गरिएको हो । कार्यक्रम शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश धनकुटाको संयोजनमा र त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा विकास तथा अनुसन्धान केन्द्र, काठमाडौंको आयोजना तथा प्राविधिक सहयोगमा शुक्रवार धनकुटामा सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयको अध्ययनको उदेश्य, वीधि र प्रक्रिया, प्रतिवेदनको संरचनागत रुपरेखा, शैक्षिक अवस्था, भौतिक पूर्वाधार, मानव संसाधन, विद्यार्थीको सिकाइ उपलब्धि, समावेशीता, पहुँच र व्यवस्थापन लगायतका पक्षमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन त्रिभुवन विश्वविद्यालयका प्रा. डा. विनोद लुइटेल र प्रा डा कमलकुमार पौडेल प्रतिवेदन प्रस्तुत गरेका थिए ।सो प्रतिवेदनले निजामती आवशिय विद्यालय धनकुटाको वर्तमान अवस्था मूल्यांकन गर्दै आवश्यक सुधारका क्षेत्र पहिचान गरेको छ । साथै, दीर्घकालीन मास्टर प्लान, दिर्घकालिन प्रशासनिक संरचना, विद्यालयको  शैक्षिक कार्यक्रमको संरचना, भावी दिशा ः प्रक्षेपण, अनुमानित लागत, कार्यान्वयन रणनीति, प्राथमिकताका आधारमा परियोजनाहरूको अनुक्रम र आवश्यक सहयोग संयन्त्रहरू उल्लेख गरिएको छ ।कार्यक्रममा स्थानीय सरकारका प्रमुख एवं उप प्रमुख र प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, शिक्षक, अभिभावक, विद्यार्थी, अभिभावकहरु, शिक्षाविद् तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले प्रतिवेदनमा समावेश प्रस्तावहरूबारे महत्वपूर्ण सुझाव र धारणा व्यक्त गरेका थिए ।

छलफलका क्रममा विद्यालयको भौतिक संरचना सुधार, छात्रावास सुविधा विस्तार, प्रविधिमा आधारित शिक्षण, दक्ष जनशक्ति अभिवृद्धि, बालमैत्री वातावरण निर्माण र समुदाय सहभागिता वृद्धि गर्नुपर्ने विषयहरूमा विशेष जोड दिइएको थियो । कार्यक्रमका अन्त्यमा प्रस्तुत सुझाव र प्रतिक्रिया समेटेर प्रतिवेदनलाई अझ परिष्कृत बनाई अन्तिम प्रतिवेदन तयार पारिने र त्यसको आधारमा कार्यान्वयनका चरणमा अघि बढ्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले जानकारी दिए । 

  • dhankutapress

थप