धनकुटा प्रेस सम्वाददाता
पञ्चमाया तामाङ
धनकुटा/अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ कार्यन्वयनवारे शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाले सोमवार सरोकारवालाहरुको लागि प्रबोधिकरण कार्यक्रम आयोजना गरेको छ ।
सरोकारवालाहरुसँग भएको जिल्ला स्तरिय प्रवोधिकरण कार्यक्रममा स्थानिय तहहरुले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालवालिकाहरुको तथ्याङ्गक संकलन गर्ने, आवश्यक रणनीतिक योजना तयार गरि शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने निर्णय भएको शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख मोहन राईले जानकारी दिएका छन् ।प्रबोधिकरण कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले सबै नागरिकका लागि आधारभुत तह (कक्षा १ देखि ८) सम्मको पढाईलाई अनिवार्य गरेको छ । आधारभुत तहको अध्ययन पूरा नगरे आगामी २०८५ वैशाख १ देखि सरकारी यो ऐनको दफा १९ (क) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहको कुनैपनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहको पूर्ण वा आंशिक स्वामित्व, अनुदान नियन्त्रणमा रहेका कुनैपनि संस्थाको सेवामा प्रवेश गर्न वा कुनैपनि सरकारी वा गैर सरकारी वा नीजि क्षेत्रमा स्थापित कुनैपनि संस्था वा पदमा निर्वाचित, नियुक्ती वा मनोनयन हुन वा कुनै रोजगारी प्राप्त गर्न योग्य नहुने व्यवस्था गरिएको छ ।
त्यस्तै (ख) मा कुनैपनि कम्पनि, फर्म,सहकारी संस्था वा गैर सरकारी संस्थाको संस्थापन गर्न वा त्यस्तो कम्पनि, फर्ममा संस्थापक शेयर धनी, सञ्चालक वा सदस्य वा कुनैपनि पदाधिकारी हुन योग्य नहुने भनिएको छ । जिल्ला समन्वय समिति तथा शिक्षा समिति धनकुटाका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय तहका प्रमुख तथा उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुखहरुले सो विषयमा आफुहरुले गरिरहेको प्रयास, देखिएका समस्या र समाधान कसरी गर्न सकिन्छ भनेर आफ्नो अनुभव प्र्रश्तुत् गरेका थिए । उनिहरुले ऐन कार्यन्वयनका लागि वडा तथा टोल स्तरबाटै विद्यालय उमेर समूहका तर विद्यालय बाहिर रहेका वालवालिकाहरुको तथ्याङ्गक संकलन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले शिक्षाको गुणस्तरलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रबोधिकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई धनकुटाका प्रमुख मोहन राईले नेपालको शिक्षाको योजनाको अभ्यास, नेपालको शिक्षा विकासको यात्रा, विद्यालय शिक्षा क्षेत्र योजना, अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धि ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि नियमावली २०७७, स्थानिय सरकार संञ्चलान ऐन ०७४, स्थानिय तहको भूमिका, नीतिगत भूमिका, संरचनागत भूमिका, समन्वयात्मक भूमिका, राष्ट्रिय योग्यता प्रारुप लगायतको बारेमा जानकारी गराउदै ऐन कार्यन्वयनको विषयमा सहजिकरण गरेका थिए ।
प्रबोधिकरण कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उप–प्रमुख भीमादेवी खनाल, पाख्रीवास नगरपालिका प्रमुख ज्ञानवहादुर गुरुङ्ग, महालक्ष्मी नगरपालिकाका उप–प्रमुख मञ्जु कार्की, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, साँगरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्ग, उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राई, जिल्ला समन्वय समितिका उप–प्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, क्षेत्रिय शिक्षा निर्देशनालयका शिक्षानिर्देशक कृष्ण प्रसाद पोखरेल, प्याव्सन, एनप्यावसन, विभिन्न शिक्षक संगठनका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला स्थित् सुरक्षा निकायका प्रमुखहरु, स्थानिय पत्रकारहरुको उपस्थिती थियो ।
- dhankutapress