Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

शैक्षिक गुणस्तर अभिवृद्धि एवं जागरणको लागि अन्तरक्रिया

  •   ४ महिना अघि | १९ असार २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/शैक्षिक गुणस्तर अभिवृद्धि एवं जागरणको लागि धनकुटामा विद्यार्थिहरु र सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

इनिसिएटिभ फर प्रोगेसिभ एक्सन नेपाल धनकुटाको आयोजनामा एक दिने सरोकावालाहरु र विद्यार्थिहरु विच शैक्षिक गुणस्तर अभिवृद्धि तथा जागरण ल्याउने उदेश्यले अन्तरक्रिया कार्यक्रम शुक्रवार आयोजना गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा धनकुटा जिल्लाका पुर्व जिल्ला शिक्षा अधिकारी दामोदर दाहाल, धनपा–६ का वडाध्यक्ष मिलन नेवाःखड्गी उपस्थिति रहेको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पसका उप–प्राध्यापक डा.मीनप्रसाद अधिकारी, उप–प्राध्यापक श्यामप्रसाद वाग्ले, शिक्षक महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र भट्टराई, अभिभावक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य गंगाराम ढुङ्गाना, शिक्षक अभिभावक संघ धनकुटाका अध्यक्ष भोजराज खत्री, ०८२ को कक्षा १२ को परिक्षामा धनकुटा जिल्ला प्रथम मेघावी छात्रा सन्धया क्षेत्री लगायत विभिन्न विद्यालयका छात्र–छात्राहरुको उपस्थिति रहेको थियो । इनिसिएटिभ फर प्रोगेसिभ एक्सन नेपाल धनकुटाका अध्यक्ष विश्वराज चापागाँईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा हालै त्रिवुभन विश्वविद्यालयबाट विद्यावारिधी गरेका धनकुटा वहुमुखी क्याम्पसका उप–प्राध्यापक डा.मीनप्रसाद अधिकारी र ०८२ को कक्षा १२ को परिक्षामा धनकुटा जिल्ला प्रथम मेघावी छात्रा सन्ध्या क्षेत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित अधिकारीले ‘शैक्षिक गुणस्तर अभिवृद्धिका वारेमा एक कायपत्र समेत प्रश्तुत् गरेका थिए । कार्यक्रमको उदेश्य माथि माथिल्लो गोकुण्डेश्वर माध्यामिक विद्यलायका प्रधानाध्यापक यज्ञप्रकास चापागाँईले प्रकास पारेका थिए ।

  • dhankutapress

थप