Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

एमाले अध्यक्ष केपी ओलीलाई झापड हान्न खोज्ने एक पक्राउ

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/एमालेको संकलन यात्रा धनकुटा प्रबेश गर्ने वित्तिकै भोजपुर र धनकुाटको नाका लेगुवाघाटमा आईपुग्दा एमाले अध्यक्ष ओलीले एक सर्वसाधरणबाट झापट खाएका छन्् । 

एमालेको महाकालीको भुलाल्घाट चिवाभन्ज्याङ्ग संकल्प अभियान अन्तर्गत बुधबार भोजपुरको कार्यक्रम सकेर टोली बिहिबार धनकुटा प्रवेश गर्न लाग्दा लेगुवा स्थित् राम वजारमा आईपुग्दा एक जना सर्वसाधरणबाट अध्यक्ष ओलीले झापड खाएका हुन् । बिहिवार करिब १२ बजे अध्यक्ष केपि ओलि सहितको टोली लेगुवा आइपुगेको थियो । 

लेगुवामा जेष्ठ नागरिक तथा कर्यकर्तासंगको भेटघाट पछि यात्रा धनकुटाको पाख्रीबासमा कार्यकर्ता भेटघाट गरेका थिए । त्यसको साथै हिले वजारमा केही वर्ष अघि निर्माण गरिएको पार्क तथा सार्वजानिकक शौचालयको उद्धघाटन गरेर अध्यक्ष ओली वसन्तपुर तर्फ लागेका छन् । 

लेगुवामा कार्यक्रमलाइ अवरोध गर्न खोज्ने एक ब्याक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष ओलीलाई स्वागतको लाइनमा बसेका स्थानिय महेस राइले झापड हान्न खोजेको भन्दै उनलाई नियन्त्रणमा लिएको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।  

यसै बिच पहिचानबादिले अवरोधन गर्न सक्ने भन्दै धनकुटाको सुरक्षा ब्यबस्था स्थानिय प्रशासनले कडा बनाइएको थियो । कार्यक्रमलाइ अबरोध पुरयाउन सक्ने भन्दै बुधबार दिउँसो लेगुवाबाट ९ पहिचानबादीलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

  • Dhankutapress

थप