Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको हिलेमा तासको खालबाट ८ जना पक्राउ

  •   १ महिना अघि | १२ असोज २०८३, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको हिलेमा तास÷जुवा खेलिरहेको अवस्थामा प्रहरीले श्रम संस्कृति पार्टी धनकुटाका नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई नगद रकम, तास र गोटीसहित नियन्त्रणमा लिएको हो ।

धनकुटा नगरपालिका १, हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउण्ड कोठामा आइतबार राति तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाईएको छ । विशेष सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता (डिएसपी) हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा धनकुटा नगरपालिका वडा नं.–१ का ५२ वर्षीय मोहनबहादुर वि.क., सोही वडाका ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ, ४४ वर्षीय तेजबहादुर मगर, ५३ वर्षीय रमेश भण्डारी, धनकुटा नगरपालिका नं.–२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका वडा नं.–१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका वडा नं.–८ का ३६ वर्षीय रामकाजी वि.क. रहेका छन्।

उनीहरबाट नगद १ लाख १४ हजार ५ सय ५० सहित ४ बुङ खुल्ला तास र विभिन्न अंक लेखिएका १ सय १९ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद गोटीमध्ये ५ अंक लेखिएका ५९ वटा, २० अंक लेखिएका २० वटा, ५० अंक लेखिएका २० वटा र ५०० अंक लेखिएका २० वटा रहेका छन । नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमवार थप अनुशन्धानको लागि जिल्ला प्रशासन कार्यालय धनकुटामा म्याद थप गरी मुद्धा अघि वढाइएको प्रहरीले जनाएको छ । 

  • dhankutapress

थप