Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन

  •   २ महिना अघि | १९ भदौ २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/श्रीकृष्णजन्माष्टमीको पावन अवसर पारेर नेवाः समाज धनकुटाले भोटे कोशी वाढी पहिरो पीडित परिवारका लागि सामुहिक लाखे नाचेर ७१ हजार, १ सय २ रुपयाँ आर्थिक सहयोग संकलन गरेका छन् ।श्रीकृष्णजन्माष्टमीको अवसर पारेर शुक्रवार नेवाः समाज धनकुटाले धनकुटा वजारको सिरान वजार, विच वजार, भीमसेन थान, परिचयमोड, हुलाकटोल, सिरवानी, त्रिवेणीचोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे लगायत स्थानमा लाखे नाचेर भोटेकोशीका वाढी पहिरो पीडित परिवारलाई  सहयोग संकलन गरिएको हो । समाजका अगुवा नविनकिशोर शाक्यका अनुसार श्रीकृष्णजन्माष्टमीको अवसर पारेर नेवाःसमाज धनकुटाले लाखे नाचेर संकलन गरेको ७१ हजार, १ सय २ रुपयाँ नगद प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा सिधै जम्मा गरिने वताए । उनले देशलाई आई परेको यो प्राकृतिक प्रकोपमा कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग र हौसलाका लागि सकेको सहयोग गर्ने धनकुटा वजारका नेवाःसमाज जुटेको वताए । शाक्यले ज–जस्ले भोटेकोशी वाढी पीडित परिवार र त्यहाँको जरजर अवस्थालाई देखेर पीडा सम्झेर सहयोग गर्ने धनकुटा बजारवासीलाई धन्यवाद दिए । उनले बैंक खुलेपछि प्रधामन्त्री दैवीप्रकोप राहात कोषमा जम्मा गरिने बताए ।        

  • dhankutapress

थप