Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

देशको विभिन्न भागमा दलित समुदायमाथि भइरहेका घटनाका दोषीलाई कार्वाहीको माग

  •   ६ महिना अघि | १८ बैशाख २०८३, शुक्रबार

धनकुटा प्रेस सम्वदाददाता

धनकुटा/देशको विभिन्न भागमा दलित समुदायसँग सम्बन्धित विभिन्न घटनामा न्यायिक छानबिन, विभेद अन्त्य तथा अधिकार सुनिश्चितताको माग गर्दै धनकुटामा रहेका विभिन्न सङ्घ–संस्थाले नेपाल सरकारका प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

       दलित अधिकारकर्मी तथा सङ्घ–संस्थाहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र पटाउँदै पछिल्ला दिनहरूमा भइरहेका घटनाले दलित समुदायमा पीडामाथि पीडा थपिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

       ज्ञापन पत्रमा ललितपुरको सातदोबाटोबाट वैशाख ३ गते पक्राउ परेका सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ३ का श्रीकृष्ण विक वैशाख ७ गते बिहान प्रहरी हिरासतभित्रै मृत फेला परेको घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ । त्यसैगरी रोल्पाको गङ्गादेव गाउँपालिका वडा नम्बर ५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि कुटपिट भएको र उद्धारमा पुगेकाहरूमाथि समेत आक्रमण भएको घटनाप्रति पनि ध्यानाकर्षण भएको जनाइएको छ ।

      नेपालमा दलित समुदाय कुल जनसङ्ख्याको करिब १३ दशमलव ४ प्रतिशत भए पनि दलितहरू गरिबी, विभेद र हिंसाबाट प्रभावित भइरहेको दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला सङ्करले बताइन्। करिब ३६ प्रतिशत दलित अत्यन्त गरिबीमा रहेको तथा जातीय विभेदका धेरै घटना कानुनी दायरामा नआउँदा दण्डहीनता बढ्दै गएको उनको  भनाइ रहेको थियो । संविधानले समानता, मानव अधिकार र सामाजिक न्याय सुनिश्चित गरे पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेको सङ्करले बताइन्।

      ज्ञापन पत्रमार्फत सिन्धुली घटनाको निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति र सुरक्षा दिन, जातीय विभेदका सबै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि प्रभावकारी नीति र जनचेतनामूलक अभियान सञ्चालन गर्न माग गरिएको दलित विकास केन्द्र नेपाल धनकुटाका अध्यक्ष गोपाल बराइलीले बताए । उनले सरकारले सार्वजनिक रूपमा व्यक्त गरेको माफीलाई व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे ।

     ज्ञापन पत्र बुझ्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले ज्ञापन पत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउँदै कतिपय कुरा कानुनी जटिलताको कारण न्याय सम्पादनमा समस्या हुने गरेको बताए ।

  • dhankutapress

थप