धनकुटा प्रेस सम्वाददाता
काठमाण्डौं/राष्ट्रिय दलित पत्रकार संघ नेपालको वुधवार सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनले धनकुटामा विगत ३ दशक देखि कार्यरत पत्रकार गोपाल बराइलीलाई केन्द्रिय अध्यक्षमा चयन गरेको छ ।
‘लोकतन्त्रको मूल आधार विभेदमुक्त समाज, प्रेस स्वतन्त्रता र समावेशी पत्रकारिता हाम्रो आवाज‘ भन्ने नारासहित चन्द्रागिरि, काठमाडौंमा सम्पन्न संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट बराइलीको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार, महिला उपाध्यक्षमा सावित्री रसाइली तथा समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन । त्यसैगरी, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली, मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान, बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल तथा बागमती प्रदेश सचिवमा सुनिता सुन्दास निर्वाचित भएका छन ।
प्रदेशगत प्रतिनिधित्वतर्फ गण्डकी प्रदेशबाट नरभूपाल विक, लुम्बिनी प्रदेशबाट मानसिंह विक, कर्णाली प्रदेशबाट टेकेन्द्र रसाइली तथा सुदूरपश्चिम प्रदेशबाट प्रेम विक निर्वाचित भएका छन । महासचिवमा करन ताम्राकार निर्वाचित भएका छन्, भने सचिवमा चिन्ता परियार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा चयन भएका छन । कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित भएका छन । अन्य पदाधिकारी तथा सदस्यसहित ३५ सदस्यीय कार्यसमिति गठन गरिएको संघले जनाएको छ । केन्द्रिय समितिको सदस्यहरुमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी ,अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना बिश्वकर्मा ,राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार, पिवि दियाली लगायतका रहेका छन् ।
महाधिवेशनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष विनोद पहाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले दलित समुदायलगायत उत्पीडनमा परेका तथा आवाजविहीन नागरिकहरुका मुद्दालाई पत्रकारिता र सञ्चार माध्यममार्फत सशक्त रूपमा उठाउन आवश्यक रहेको बताए । संघले विभेदमुक्त समाज निर्माण, प्रेस स्वतन्त्रताको संरक्षण तथा समावेशी पत्रकारिताको प्रवद्र्धनका लागि आगामी दिनमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
- dhankutapress