Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

उच्च रक्त चापले ढलेर मृत्यु भएको भनिएकी दिप्सिकाको मृत्यु संकास्पद

  •   ५ वर्ष अघि | १० बैशाख २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/जिल्लाको सहिदभूमी गाउँपालिका वडा नं.७ पाखा टोलमा घर भएकी वर्ष २३ कि दिप्सिका राईको मृत्यु संकास्पद भएको भन्दै मृतकका माइती पक्षले घट्नाको सत्य तत्थ्य छानविनको माग गरेका छन् ।

घट्ना वैसाख ७ गते वुधवार अपरान्ह २.३० वजे आफ्नै घरमा भएको थियो । उच्च रक्तचापले ढलेर मृत्यु भएकी भनिएकी दिप्सिकाको शरिरको विभिन्न भागमा चोटपटक, निलडाम रहेको छ । घट्ना पछि वैसाख ८ गते विहिवार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरिएको थियो । उच्च रक्तचापले ढलेकी भनिएकी दिप्सिकाको शरिर भरी निलडाम भेटिएपछि उनको मृत्यु कर्तव्य गरी भएको हो कि भन्ने आशंका माइती पक्षले गरेका छन् । 

दिप्सिकाको माइला दाजु नगेन्द्र राईले आफ्नो एक मात्र चेली दिप्सिका रहेको वताए । उनले वुधवारको दिन हटियाबाट मादक पदार्थ सेवन गरेर गएर कुटपिट गरेर आफ्नो बहिनीको ज्वाँई विनय राई र सासु हेमकुमारीले हत्या गरेको दावी गरेका छन् । वहिनीले ज्वाँइ विनयसंग विवाह गरेको ६ वर्ष भएको छ । तिन वर्षको भान्जी पनि छिन् । तर, आज वहिनीको जाँडरक्सी खाएको शुरमा कुटेरै मारे, दोषी उपर कडा भन्दा कडा कार्वाही हुनु पर्छ–दाजु नगेन्द्र राईले भने । उनले घट्नाको सत्य तत्थ्य छानविन गर्न र दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय धनकुटाका किटानी जाहेरी दिने बताएका छन् ।

घट्ना लगत्तै मृतक दिप्सिकाको श्रीमान वर्ष २१ का विनय राईलाई प्रहरीले सुरक्षाको कारणले गर्दा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी लक्ष्मीराज अधिकारी बताए । एस्पी अधिकारीले घट्नाको सम्वन्धमा मृतकको दाजु नगेन्द्र राईले आफ्नो वहिनी झुण्डिएर मृत्यु भएको भनिए पनि सत्य, तत्थ्य छानविनको लागी भन्दै जाहेरी दर्खास्त दिएको बताए । उनले तिन÷तिन जना डाक्टरले मृतकको लासको पोष्टमार्टम गरेको र रिपोर्ट आउन वाँकी रहेको बताए । घट्नाको प्रहरीले गम्भिर अनुशन्धान गरिरहेको एस्पि अधिकारीले बताएका छन् । 

  • dhankutapress

थप