Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

धनकुटा अस्पतालमा २४ सै घण्टा ल्याब र फार्मेसी सेवा सञ्चालन हुने

  •   २ वर्ष अघि | २ असार २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा अस्पतालमा आगामी श्रावण १ गते देखी ल्याब र फार्मेसी सेवा २४ घण्टा खुल्ला रहने भएको छ । 

जिल्ला समन्वय समिति धनकुटाका नवनिर्वाचित समन्वय प्रमुख निरेन तितुङ तामाङ धनकुटा अस्पताल व्यवस्थापन समितिमा विहिवार पदवहाली भएका छन् । पदवहालीसंगै अध्यक्ष तामाङले आगामी श्रावण १ गते देखी ल्याब तथा फार्मेसी सेवा २४ सै घण्टा खुल्ला राख्ने निर्णय गरेका छन् । ल्याब र फार्मेसी सेवा संचालनको लागी आवश्याक जनशक्तिको व्यवस्थापन गर्न निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.मनिष प्रसाद शाहालाई अध्यक्ष तामाङले निर्देशन समेत दिएका छन् । 


त्यसैगरी धनकुटा अस्पताल व्यवस्थापन समितिको विहिवार वसेको वैठकले १ सय वेडको अस्पताल वनाउनको लागी भईरहेको प्रयासलाई थप प्रभावकारी बनाएर अघि वढ्ने निर्णय गरेको छ । १ सय वेडको अस्पतालको स्तर उन्नतिको लागी भौतिक पुर्वाधार तथा अन्य सेवा प्रवाह गर्न दक्ष जनशक्तिको व्यवस्थापन गरेर अघि वढ्ने निर्णय भएको सदस्य सचिव डा.शाहाले जानकारी दिएका छन् । उनले हाल २७ वेडले संचालन भैरहेको धनकुटा अस्पतालमा १ सय वेड सञ्चालन गर्दा थप जनशक्ति व्यवस्थापन गर्नु पर्नेमा जोड दिए । 


शाहाले भने–‘दक्ष जनशक्तिको अभावको कारण ६ वटा आइसियू र ४ वटा भेन्टिलेटर प्रयोग विहिन अवस्थामा रहेका छन् ।’ अस्पतालको समश्याका वारेमा निमिक्त मेडिकल सुपरिटेण्डेन्ट शाहाले अध्यक्ष तामाङलाई जानकारी गराए पछि १ सय वेडको अस्पतालको लागी मन्त्रालयमा गएर पहल गर्ने तामाङले वताएका छन् । तामाङले धनकुटा अस्पताललाई थप व्यवस्थित् गरेर अघि वढाउनको लागी विभिन्न शिर्षकमा जम्मा ९ वटा निर्णयहरु गरेको वताएका छन् । 

धनकुटा अस्पतालाई १ सय वेडको वनाउनको लागी १ सय वर्ष धनकुटे जनताले कुरिसकेको वताउँदै अव २ वर्ष भित्रमा जसरी भए पनि १ सय वेडको अस्पताल सञ्चालनमा ल्याएरै छाड्ने अध्यक्ष तामाङले वताए । सव वहान र एम्वुलेन्स सञ्चालनबाट हालसम्म अस्पतालमा १ करोड, १९ लाख, ७८ हजार भन्दा वढी आम्दामी भएको र उक्त रकम मध्ये ५० लाख तत्काल मुद्धति खातामा राखेर अघि वढ्ने पनि निर्णय भएको अध्यक्ष तामाङले वताएका छन् । स्रोत भएर पनि जनशक्ति व्यवस्थापन गर्न नसक्दा सेवा प्रवाहमा समश्या उत्पन्न भएको वताउँदै तामाङले भने–‘१ सय वेडको अस्पताल कार्यान्वयन गर्न सके जनशक्ति स्वतः व्यवस्थापन हुदै जान्छ ।’


सो कार्यक्रममा नि.मेडिकल सुपरीटेण्डेन्ट मनिष प्रसाद शाहाले ०७८ कार्तिक २९ गते तत्कालिन प्रदेश नं.१ का मुख्य मन्त्री भिमप्रसाद अचार्यले १ सय वेडको अस्पतालको समुद्धघाटन गरेको वताए । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न पदवहाली, स्वागत,पदस्थापन तथा विदाई कार्यक्रममा निवर्तमान अध्यक्ष टंक चौहान, जिल्ला रेडक्रस सोसाईटी धनकुटाका सभापति हरी राई, प्याथोलोजिष्ट लिला मिश्र, सदस्यहरु  गोविन्द निरौला, कुसुम राना लगायतको उपस्थिति रहेको थियो । 

सो  अवसरमा अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टंक चौहानलाई निमिक्त केडिकल सुपरीटेण्डेन्ट शाहाले खदा र सम्मानपत्रले विदाई गरेका थिए । त्यसैगरी नवनिर्वाचित अध्यक्ष तामाङलाई भने निवर्तमान अध्यक्ष चौहान र डा. शाहाले खदा माला लगाएर स्वागत गर्दै पदवहाली गराएका थिए । त्यसैगरी कोशि अञ्चल आयुर्वेद औषधालय व्यवस्थापन समितिमा पनि अध्यक्ष तामाङले अध्यक्षको पदभार ग्रहण गरेका छन् । सो अवसरमा औषधालयका प्रमुख डा.सूर्यनारयण मेहेताले खदा फुलमाला लगाएर सम्मान तथा स्वागत गरेका थिए ।  


  • Dhankutapress

थप