Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटाको पर्यटकिय क्षेत्र ध्वजे डाँडामा २२ देशको झण्डा राखियो

  •   ३ वर्ष अघि | ४ असार २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/धनकुटाको पर्यटकिय ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपाल सहित विश्वका २२ देशको राष्ट्रिय झण्डा फहराईएको छ । 

जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ मा रहेको ध्वजे डाँडामा करिब २० फिट उचाइ भएका झण्डाहरु फहराईए हो । झण्डा फहराएपछि ध्वजे डाँडामा छुटै आकर्षण देखिएको छ । 

      जम्मा ६ लाख ३३ हजार १ सय ४ रुपैयाँको लागतमा २२ देशको झण्डा राखिएको हो । जसमा नेपाल पर्यटन बोर्डको ५ लाख, साँगुरीगढी गाउँपालिकाको १ लाख २५ हजार र जनसहभागिता ३५ हजार ६ सय ४ रुपैयाँ लागत रहेको साँगुरीगढी गाउँपालिका ५ का अध्यक्ष खड्गबहादुर लिम्बुले बताए । अन्य पर्यटकिय स्थल भन्दा फरक र आकर्षक बनाउन यो अबधारणा अघि सारिएको लिम्बुको भनाई छ ।

 धनकुटाको साँगुरीगढी गाउँपालिकाप्रदेश  सरकारले प्रदेशकै पर्यटकीय स्थानीय तह घोषित गरेको गाउँपालिका पनि हो । ध्वजे डाँडालाई आकर्षणको केन्द्र बनाई विशेष गरि बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएर विभिन्न देशको झण्डा फहराईएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । यो ठाउँमा विश्वभर रहेका देशको झण्डा फहराउने अभियान रहेको उनको भनाइ छ । ध्वजे डाँडालाई अब नेपालीमा ध्वजे डाँडा र अग्रेजीमा ‘फ्याल्ग हिल’ भन्न सकिने उनको भनाई छ । 

       मिक्लाजुङ पछि महाभारत पहाडको दोस्रो अग्लो डाँडाको रुपमा रहेको ध्बजे डाँडाको उचाई करीब २ हजार मिटर रहेको छ । यस अघि यो क्षेत्रमा एक भ्युटाबर निर्माण गरिएको छ । मौसम खुलेको बेला सुर्योदयको उत्कृष्ट दृष्यबलोकनको साथै हिमालको मनोरम हिमश्रृखला देख्न सकिन्छ ।  


  • Dhankutapress

थप