Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

धनकुटाको भेडेटारमा खाना महोत्सव शुरु

पर्यटन क्षेत्र बलियो भयो भने मात्र आर्थिक रुपमा आत्मनिर्भर बन्न सहज–मन्त्री उप्रेती

  •   ४ महिना अघि | १५ पुस २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

भेडेटार/अग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा तिन दिने खाना महोत्सव सनिवार देखि सुरु भएको छ ।

एक समारोहको वीच कोशी प्र्रदेश सरकारका वन, वातवरण तथा पर्यटन मन्त्री गणेश प्रसाद उप्रेतीले महोत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री उप्रेतीले प्रदेश नं.१ को मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना अघि सारेको बताए । उनले भेडेटारमा पर्यटन पूर्वाधार सभाहल वनाउनको लागि १ करोड रुपयाँ प्रदेश सरकारले विनियोजन गर्नेगरी काम अघि वढाएको वताए । त्यसको साथै भेडेटार गाउँपालिका वडा नं.६ स्थित् नाम्जेमा रहेको सामुदायिक होम स्टेलाई थप पर्यटन मैत्री वनाउनको लागि चालु आर्थिक वर्षमा कार्यानवयन हुने गरी २५ लाख रुपयाँ विनियोजन गरेको पनि जानकारी गराए । 

मन्त्री उप्रेतीले भने–‘हामीसंग वेच्नको लागि प्रमुख कुरा पर्यटन छ, पर्यटनसंग संस्कृति र प्रकृति मिसिएको हुन्छ, प्रकृति र संस्कृतिको संन्धिग्ताले मात्र पर्यटनको दिगो विकास हुनछ ।’ उनले भेडेटार भनेको आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि रेफ्रेस सेन्टर भएको वताए । ‘तराईमा गर्मि भयो भने वा कुनै व्यवहारिक टेन्सन भयो भने हामी भेडेटार आएर फ्रेस हुने गरेका छौं’–मन्त्री उप्रेतीले थपे । कोशी प्रदेश सवै भन्दा ठूलो पर्यटनको वजार भनेको छिमेकी राष्ट्र भारतको विहार राज्य हो, भन्दै मन्त्री उप्रतीले भने–‘विहारको पर्यटक ल्याउनको लागि प्रदेश सरकारले पर्यटन कोरिडोरको गुरु योजना निर्माण गरिरहेको छ ।’ उनले पर्यटन क्षेत्र बलियो भयो भने मात्र प्रदेवासी आर्थिक रुपमा आत्मनिर्भर बन्न सहज हुने भएकाले गुरु योजना वनाउन अहिलेको प्रदेश सरकार लागि परेको वताए । 

कार्यक्रमका विशेष अतिथि धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङ्गले हाम्र पुर्खाले बचाई राखेको भाषा, लिपि संस्कार, संस्कृतिलाई अहिलेको पुस्ताले जोगाउन सकेन भने हामी जतिको नालायक कोहि पनि नहुने वताए । हाम्रो देशको असली सम्पति भनेको प्रकृति र संस्कृति हो भन्दै नगर प्रमुख साम्पाङ्गले भने–‘संस्कृति जोगाई राख्न यहाँ विभिन्न जातजातिले आ–आफुनो मौलिक झाँकीहरु प्रदर्शन गरेका छन् यहि नै हाम्रो पहिचान हो ।’ उनले संस्कृति र प्रकृतिलाई वेच्न सक्नु पर्छ, संस्कृति भनेको पहिचान हो र पर्यटन त्र्यिाउने अस्त्र पनि भएकाले स्थानिय, प्रदेश र संघीय सरकारले पहिचानको मुद्धालाई सम्वोधन गर्नु पर्नेमा जोड दिए ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाउँपालिकालाई पर्यटन मैत्री गाउँपालिका वनाउन टुरिजम सर्किटको रुपमा विकास गर्ने वताए । जसका लागि उनले त्रिवेणी देखि भुडेटारसम्म पदमार्ग निर्माण गर्नको लागि वजेट विनियोजन गरेको वताए । अध्यक्ष रुम्दालीले भने–‘भेडेटारमा आउने हरेक पर्यटकलाई हामी हरेक वडाको रहेको होमस्टेमा पु¥याउने गरि प्याकेज कार्यक्रम गाउँपालिकाले ल्याउने तयारी गरिहेको छ ।’ उनले गाउँगाउँमा वडा वडामा होम स्टे खोलेर भेडेटारमा आउने पर्यटकलाई वडामा पु¥याउने गरि नयाँ पर्यटन प्रवद्र्धनको कार्यक्रम अघिल्लो वर्ष देखि लागु भएको वताए ।

 खाना महोत्वस उद्घाटन समारोहमा लिम्वु जातिको ढोल नाच, राई जातिको साकेला, याम्फू जातिको केलाङ र मगर समुदायले हुर्रा नाच प्रदर्शन गरेका थिए । उनीहरुलाई महोत्सव आयोजक समितिको तर्फबाट सम्मान गरिएको छ । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि समचार लेखेर सहयोग पु¥याउने नेपाल टेलिभिजनका धनकुटा सम्वाददाता विदुर खवास र धरानवाट प्रकाशित हुने प्रवोध साप्ताहिकका सम्पादक एवं प्रकाशक जमूना देवी श्रेष्ठलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी, प्रर्वद्धनमा सह प्रायोजक भेडेटार आमा समूह र सहयोगीमा साँगुरीगढी गाउँपालिका, ६ नं. वडा कार्यालय रहेका छन् । महोत्सवमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्वुले बताए । 

महोत्सवको लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसंगै भिन्नभिन्न टुर प्याकेजहरुमा ५ देखि २० प्रतिशत सम्म छुट रहेको छ । आन्तरीक र बाह्यि पर्यटकहरुलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

महोत्सवमा आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना पनि छ । 

होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्वुको अध्यक्षतामा सम्पन्न महोत्सव उद्धघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, होटल एशोसिएशनका केन्द्रिय अध्यक्ष नविन गौतम, महासचिव बासु बराल, भेडेटार आमा समूहका अध्यक्ष राधिका फियाक, भेडेटार नागरिक समाजका संयोजक भूवन वहादुर लिम्वू, होटल एशोसिएशन भेडेटारका पुर्व अध्यक्ष लिलाराज लावती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष भेडटारमा खाना महोत्सव हुने गरेको छ । 

  • Dhankutapress

थप