Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

भेडेटारमा सदा झै यस वर्ष पनि खाना महोत्सव हुने

३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य

  •   १ वर्ष अघि | ११ पुस २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

भेडेटार/अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा सदा झै यस वर्ष पनि खाना महोत्सव हुने भएको छ ।

महोत्सव आयोजक संस्था होटल एशोसिएसन भेडेटारले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि अंग्रेजी नयाँ वर्षको अवसरमा आगामी ०७९ पुस १६ देखि १८ गतेसम्म तीन दिने परिकार महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पूर्वकै चर्चित पर्यटकीय स्थलहरुमध्येको एक भेडेटारमा हरेक वर्ष नयाँ वर्षको अवसर पारेर परिकार महोत्सवको आयोजना हुँदै आइरहेको छ । यस पटकको महोत्सव दशौं संस्करणको हो । 

महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने होटल एशोसिएशन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् । उनले महोत्सवमा आउने आगन्तुकहरुले स्थानीय जातीय पराम्परागत खानेकुराहरुको स्वाद लिन र हेर्न वुझ्न पाउने बताइन् ।  ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक पराम्परागत तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार महोत्सव मार्फत हुने उनको भनाई छ । 

पत्रकार सम्मेलनमा वोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले कोरोनापछिको आर्थिक मन्दीलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने बताए । उनले महोत्सवमा गाउँपालिकाले पनि कृषि मेलाको प्रदर्शनी समेत गर्ने बताए । भेडेटार घुम्न आउने आगन्तुकहरुलाई प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ । महोत्सवमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैया वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको होटल एशोसिएशनका सहकोषाध्यक्ष रमेश श्रेष्ठले बताए । साथै राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहने छ । 

महोत्सव अवधिभर भेडेटारका होटलमा खानामा १० प्रतिशत र बस्न १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ । 

त्यस्तै मगर, लिम्बु, राई, तामाङ, चौधरी, धिमाल र याखा जातीको सास्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सक्ने आयोजक समितिका सचिव तुमराज लिम्बुले बताए । महोत्सवमा ४० भन्दा बढी स्टल रहनेछ ।  महोत्सव अवधिभर हुने पार्किङ समस्यालाई समाधान गर्न भेडेटार बजार क्षेत्रको विभिन्न क्षेत्रमा अस्थायी पार्किङ क्षेत्र निर्माण गरिने बताइएको छ । 

महोत्सवको मुख्य प्रायोजक गोर्खा वुअरी, सहआयोजक नेस्ट भेडेटार, भेडेटार आमा समुह र श्री पाथिभरा क्लव,  सहयोगी साँगुरीगढी गाउँपालिका, प्रवद्र्धक नेपाल पर्यटन वोर्ड, वैकिङ पार्टनर गोर्खा फाइनान्स र नविल वैंक रहेका छन् ।

  • Dhankutapress

थप