Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

‘निबुवा–तांखुवा जलाधार ब्यबस्थापन योजना’ अबलोकन गर्न ७ पालिकाका जनप्रतिनिधि धनकुटामा

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

सन्तवीर लामा

धनकुटा प्रेस अनलाईन खबर डेक्स : धनकुटा नगरपालिकामा संचालन रहेको ‘निबुवा तांखुवा जलधार व्यवस्थापन योजना’ को अबलोकन गर्न आईतवार देशका विभिन्न ७ पालिकाका जनप्रतिनिधिहरु धनकुटा आईपुगेका छन् ।

धनकुटा नगरपालिकासंगको साझेदारी र अन्तराष्ट्रिय पर्वतिय बिकास केन्द्र (इसिमोड) को सहयोगमा संचालित ‘निबुवा तांखुवा  व्यवस्थापन योजना’ को स्थलगत अबलोकन गर्न उनीहरु तिन दिन अधि धनकुटा आइपुगेका हुन् । उनीहरुलाई सह–शिक्षा भ्रमण कार्यक्रम अन्तर्गत प्रभाबकारी जलधार ब्यवस्थापनका लागि योजना तर्जुमा र कार्यान्वयन कसरी भैरहेको छ भन्ने बारे अबलोकन गराइएको हो । 

अबलोकन भ्रमणमा हैटौडा उप–महानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, निजगढ गाउँपालिका प्रमुख सुरथ पुरी, कोल्बही नगरपालिका प्रमुख रामप्रसाद चौधरी, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जी लामा र बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामछिाने र गजुरा नगरपालिका उप–प्रमुख रतना लामा, फटुवा विजयपुर नगरपालिकाका श्रोत व्यक्ति हंशराज कुमार यादव लगायत विषयगत कार्यालयका प्रमुखहरु सहितको टोली सहभागी थिए । 

भ्रमणमा सहभागी जनप्रतिनिधि, विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले खदा मालाले स्वागत गर्नुको साथै धनकुटाको मायाको चिनो ‘एभोकाडोको स्तम्भ’ प्रदान गरे । सो अवसरमा प्रमुख तामाङले भने–‘पर्याबरण बिग्रिदै गएको छ, हिमाल बचाउने काममा लागेको इसिमोडसंग हामी सहकार्य गरेर काम गरिरहेका छौं, हामीले गरेको कामको स्थलगत अबलोकन गर्न तपाईहरु आउनु भएको छ, तपाईहरुलाई धनकुटामा स्वागत छ ।’ 

इसिमोड मार्फत हाल संचालन भइरहेको कार्यक्रम ल्याउन निक्कै मेहनेत गर्नु परेको स्मरण गराउँदै प्रमुख तामाङले भने–‘अहिले इसिमोड सहितका अन्य संस्थाहरुले पनि सहयोग गरिरहेका छन् ।’ उनले भने–‘धनकुाटमा प्रकृति मैत्री काम गर्ने प्रयास भइरहेको, इसिमोडले दक्षिण एसियाको ८ वटा देशमा काम गरिरहँदा धनकुटा नगरपालिका पनि परेको छ, यो तपाई हाम्रो लागि खुशीको कुरा हो ।’

हेटौडा उप–महानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले २ लाख भन्दा वढी जनसंख्या भएको पालिकामा आफूले काम गरिरहेको बताईन । उनले छत्तिस हजार जनसंख्या रहेको धनकुटा नगरपालिकाले नगरवासीहरुको हितमा गरिरहेको कामले आफूहरु प्रभावित भएको बताएकी छिन् । इसिमोडसंगको जलाधार व्यवस्थापनको योजना तर्जुमा र कार्यान्वयनको चरणहरु प्रभावकारी रहेको आफूहरुले पाइएको उनले बताईन । उनले धनकुटा नगरपालिका र इसिमोडलाई प्रभावकारी जलधार व्यवस्थापन योजनाको स्थलगत अबलोकन गराएर र भव्य आतिथ्यता दिएको भन्दै सिङ्गो भ्रमण टोलीको तर्फबाट धन्यवाद दिइन । 

त्यसैगरी इसिमोडका विषय विज्ञ नबिन भट्टराईले सह–शिक्षा भ्रमणमा सहभागी जनप्रतिनिधिहरुलाई ‘निबुवा तांखुवा जलधार व्यवस्थापन योजना’ मा भइरहेका क्रियाकलापहरुको बारेमा जानकारी दिएका थिए । धनकुटा नगरपालिकाको ८ वटा वडा र छथरजोरपाटीको २ वटा वडामा जलधार व्यवस्थापन योजना संचालनमा ल्याइएको छ । धनकुटामा मुलाधार जलाधार संरक्षणको लागि भैरहेको प्रयास विश्वका विकसित देशमा भइरहेको राम्र्रो प्रभावकारी योजनाहरुको अभ्यास हो । जस अन्तर्गत सम्पुर्ण तयारीका चरणहरु, समश्याहरु, समाधानका उपायहरु, जिविकापार्जन, पर्यटन आदिलाई आधार बनाएर योजना अघि बढाइएको छ । 

योजनाको कुल क्षेत्रफल ७३ स्वाएर किलो मिटर रहेको छ । ‘निवुवा–तांखुवा जलधार योजना’ सन् २०१५ देखी ०१७ सम्म पहिलो पटक शुरु भएको थियो भने सन् २०१८ बाट दोश्रो चरणका कार्यक्रम संचालनमा ल्याइएको हो । योजना तर्जुमा र कार्यान्वयनको विभिन्न चरणहरुमा पानीको श्रोतको मापन गरिदै आएको छ । विशेष गरेर मुलाधार, जलाधार क्षेत्रमा जहाँ रिचार्ज पोखरीहरु निर्माण गरिएको छ । ति क्षेत्रहरुमा पानीको श्रोत बढेको पाइएको इसिमोडका नबिन भट्टराईले बताएका छन् । 

त्यसका साथै आठपहरिया बस्तीहरुमा पर्यटन प्रबद्र्धन सम्बन्धी थप कार्यक्रमहरु चुलिबन खाम्बेला होम स्टे, सिक्तिम होम स्टे लगायत विभिन्न वडामा होम स्टे संचालनमा ल्याइएको छ । आठपहरिया जातिको मौलिक संस्कृतिसंग जोडिएको मंसिरे चाडलाई प्रवद्र्धन गर्न पनि बिशेष कार्यक्रम संचालन गरिएको छ । 

यसैगरी धनकुटा नगरपालिकाका आर्थिक बिकास अधिकृत बिकास अधिकारीले ‘निबुवा तांखुवा जलाधार ब्यबस्थापन गर्न बनेको योजना’ को बारेमा जानकारी गराए । उनले धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा व्यवस्थापन गर्न बनेको जलधार योजनाहरुको परिस्थितिक र सामाजिक महत्व, प्रमुख चुनौतिहरु, मुख्य मुद्वाहरु, सामाजिक, आर्थिक लैगिक मुद्वाहरुको बारेमा जानकारी दिए । योजना ब्यवस्थापनको कार्यान्वयनको चरणहरुमा मुख्य गरेर जलवायू परिवर्तन, सामाजिक आर्थिक दबाब, साझेदारी र तत्थ्याङ्गक संकलन आदि चुनौती रहेका छन् । 

त्यसैगरी मुख्य मुद्वाहरुमा माटोको क्षयिकरण, पानीको उपलब्धता र गुणस्तर, बनको आकार र जलबायू परिवर्तन आदि रहेका छन् । कार्यक्रममा संरचनात्मक व्यवस्थापन, सरोकारवालाहरुको संलग्नता र धनकुटा नगरपालिकासंगको प्रमुख साझेदारी संस्थाहरु इसिमोड, मेटामेटा, हुसाडेक, कम्यूनिटी होम स्टे, स्मार्ट पानी आदिका जिम्मेवारी र भूमिकाको बारेमा पनि स्पष्ट पारिएको थियो । 

समुदायमा भैरहेको अन्तरक्रिया र कार्यन्वयन भैरहेको योजनाहरुको समिक्षा, कसरी वैकल्पिक जिविकोपार्जनमा सहयोग पु¥याउने, संरक्षण र दिगोपानी व्यवस्थापनको लागि भैरहेको प्रयासहरुको बारेमा सहजीकरण गरिएको थियो । उपलब्धीलाई आधार मान्ने हो भने धनकुटा नगरपालिकाको साझेदारीमा डोनर एजेन्सीसंग कार्यन्वयन गर्ने गरी स्थानिय सरकारको माग अनुसार योजना बनेपनि प्राकृतिक श्रोत ब्यबस्थापन बाहेक कङ्गक्रिट निर्माणमा इसिमोडको सहयोग नहुने बताइएको छ ।

त्यसैगरी धनकुटा नगरपालिका र इसिमोडसंग साझदारीमा निबुवा तांखुवा जलाधार क्षेत्रमा काम गरिरहेको संस्था हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले कार्यन्वयन भैरहेका कार्यक्रमको बारेमा जानकारी गराए । उनका अनुसार धनकुटा नगरपालिका वडा नं.१ स्थित् २ नं. बाहिनी अड्डा भित्र ३ सय ५० वटा रिचार्ज पोखरीहरु निर्माण गरिएको छ । त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.३ मुड्के आहालमा १ करोड लिटर पानी आट्ने रिचार्ज पोखरी निर्माण गरिएको छ । इसिमोडसंगको सहकार्यमा धनकुटा–७ बसपार्कमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ भने नगरको विभिन्न वडाहरुमा पर्यटन प्रबद्र्धनको लागि सामुदायिक होमस्टे व्यवस्थापनको काम भइरहेको छ । 

कार्यक्रममा सहभागीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले ‘निबुवा तांखुवा जलाधार व्यवस्थापन योजना तर्जुमा र कार्यान्वयन सवालमा’ स्थलगत अबलोकन गर्न धनकुटा आएका जनप्रतिनिधिहरुलाई कार्यक्रमको औचित्य प्रष्ट पार्दै शब्द गुच्छाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम धनकुटा नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन आर्थिक विकास अधिकृत विकास अधिकारीले गरेका थिए ।  

  • dhankutapress

थप