Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

पर्यटन नीति निर्माण गर्न सरोकारवालाहरुसंग छलफल

प्रविधिसंग पर्यटनलाई जोड्नु पर्ने सरोकारवालाहरुको जोड

  •   १० महिना अघि | १६ पुस २०८२, बुधबार

पञ्चमाया तामाङ

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाले पर्यटन नीति निर्देशका निर्माणको लागि सरोकारवालाहरुसंग अन्तरक्रिया शुरु गरेको छ । 

धनकुटालाई कस्तो पर्यटन गन्तव्यको रुपमा विकास गर्ने भन्ने उदेश्यले धनकुटा नगरपालिकाले मंगलवार सरोकारवालाहरुसंग पर्यटन नीति निर्देशिका निर्माणको लागी अन्तरक्रिया आयोजना गरेको हो । 

अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले पर्यटन नीति तथा निर्देशिका निर्माणको लागि छलफलका विषयवस्तुहरु प्रश्तुत् गरेका थिए । उनले धनकुटाको पर्यटन दृष्ट्रिकोण, पर्यटन सम्भावना र प्राथमिक गन्तव्यहरुको पहिचान, होमस्टे तथा सामुदायिक पर्यटन व्यवस्थापन, होटल रेष्टुरेन्ट तथा आतिथ्य सत्कार सेवा, पर्यटन पदमार्ग, गाईड र साहसिक पर्यटन, पर्यटन पुर्वाधार र पहुँच, पर्यटन प्रवद्र्धन र ब्राण्डिङ, लगानी प्रवद्र्धन र निजि क्षेत्रको भूमिका, वातवरण संरक्षण र हरित पर्यटन, साँस्कृतिक सुरक्षा र जोखिम व्यवस्थापन, संस्थागत व्यवस्था र सुशासन, मानव संशाधन विकास र क्षमता अभिवृद्धि, नीति कार्यान्वयन, अनुगमन र मूल्याङ्गकन, कानूनी व्यवस्था र निर्देशिका, समावेशी र उत्तरदायी पर्यटन, नवप्रवर्तन र डिजिटल पर्यटन सम्वन्धी छलफलका विषयवस्तुहरु प्रश्तुत् गरेका थिए । प्रश्तुत् छलफलका विषयवस्तुहरुको समुहत छलफलका लागी विषय विज्ञ डा.नविन भट्टराईले सहजकिरण गरेका थिए । समुहत छलफलमा धनकुटा नगरको पर्यटन नीति कस्तो हुने भन्ने सन्दर्भमा सूझाव संकलन गरिएको थियो । समूहगत छलफल पछि निस्किएको निचोड एवं सूझावहरुलाई पालैपालो प्रश्तुतीकरण गरिएको थियो । प्र्रश्तुती पछि अन्तरक्रिया कार्यक्रमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा उनले धनकुटा नगरलाई आर्थिक रुपमा चलायामान र नगरवासीहरुको राम्रो जीवन जिउनको लागी मुख्य गरेर कृषि र पर्यटनमा नगरपालिकाले जोड दिदै आएको बताए । 

उनले धनकुटा नगरको भविश्यलाई डोर्याउनको लागी जुन पृष्ठपोषणको काम आजको छलफलवाट भएको छ, यस्लाई अझ् माइक्रो लेवलमा छलफल गरेर पर्यटन नीति निर्माण गर्ने बताए । उनले जिसस धनकुटाको नाममा मुलघाटमा रहेको जग्गा २५ वर्षको लागी एक जना व्यक्तिलाई दिएर प्रयोग बिहिन बनाएकाले सो विषयमा सम्झौता तोड्न तत्काल जिसस धनकुटालाई पत्रचार गर्ने बताएका छन् । अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका उप–प्रमुख भीमा देवी खनालले पर्यटन नीति निर्माण सक्रिय रुपमा भाग लिएको भन्दै सहभागीहरुलाई धन्यवाद् दिएका थिए । छलफलमा धनकुटा वहुमुखी कयाम्पसका सहायक क्याम्पस प्रमुख चेतनाथ वाग्लले ०३५ सालमा स्थापना भएको नगरपालिकाको पर्यटन नीति आउनु ढिलो भएको बताए । उनले भने–‘पर्यटन नीति पहिले नै आउनु पर्दथ्यो, पर्यटनको क्षेत्रमा धेरै काम गर्न सकिन्थ्यो, ढिलै भएपनि नीति निर्देशिका बनाउने काम शुरु भएको छ, यो सकरात्मक पक्ष हो ।‘ उनले अर्को प्रसंगमा भने–‘धनकुटा नगरको गान तयार भएको छ, यस्लाई नगर भित्रको सवै सरकारी तथा नीजि विद्यालयमा अनिवार्य लागु गर्नु पर्दछ ।‘उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले पर्यटन सम्वन्धी नीति बनाउँदा धनकुटा नगर क्षेत्रका वाहुल्य रहेका जाती आठपहरिया समुदायको संस्कृतिलाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिए । गैसस महासंघ धनकुटाका अध्यक्ष मीन प्रसाद सुवेदीले पर्यटन नीति प्रविधि मैत्री हुनु पर्नेमा जोड दिएका छन् । साथै उनले पर्यटन प्रवद्र्धनलाई चक्रिय अर्थतन्त्रसंग जोड्नु पर्नेमा समेत जोड दिए । सहभागीहरु कृष्ण गोविन्द अधिकारी, युवराज दर्नाल, कोमल आठपहरिया, विपिन दाहाल, प्रदिप फूएल, नारयण आठपहरिया, निर्मलादेवी ढकाल, सुदर्शन घिमिरे लगायतले पर्यटन नीति र सम्भावित धनकुटा नगरका मुख्य क्षेत्रहरुको बारेमा सूझाव दिएका थिए । 

  • dhankutapress

थप