Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

पर्यटन भित्र्याउन पुरानो वाटोलाई पदमार्गको रुपमा विकास गरिने

  •   १ वर्ष अघि | ९ चैत्र २०७९, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिकाले बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताले धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको गोरेटो मुल बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ ।

धनकुटामा मात्र वसोवास रहेको आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बोकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न सम्भव नभएपछि ती पदमार्गको रुपमा विकास  गर्न लागिएको हो । आठपहरिया जातीले वार्षिक रुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा आउने गरेको छैन । साँगुरीगढी गाउँपालिकामा पर्ने कोशी राजामार्ग र धनकुटा नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहेको भएपनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर दुरी पार गरेर बजार पुग्नुपर्ने हुन्छ ।

भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म दैनिक आउने सयौँ पर्यटक धनकुटासम्म पुग्न सकेका छैनन् । भौगोलिक कठिनाइलाई पदमार्गका माध्यमबाट पर्यटक भित्र्याउन नगरले मूलघाट स्थित् तमोर नदी किनारबाट अक्करको भिर वडा नं ८ को टेकुनाला गाउँ हुँदै धनकुटा बजारसम्म जाने पदमार्ग निर्माण सुरु गरेको हो ।

यो पदमार्ग धनकुटा नगरमा मात्र आदिमकाल देखि थातथलो भएका अल्पसंख्यक सिमान्तकृत आठपहरिया जातिका पुर्खाहरु हिँडेर सुनसरीको कोका खोला र बराहक्षेत्र तीर्थ जाने गोरेटो बाटो हो । आठपहरिया जातिको समुदायमा वर्षभरि मृत्यु भएकाहरुका आफन्त धनपा–८ मा रहेको चिरबिरे चौतारामा भेला भएर कार्तिके पूर्णिमाको तिथिमा चार दिनका लागि बराह क्षेत्रमा दुःख प्रकट गर्न जाने गर्दछन् ।

आठपहरिया जातिको संस्कृति समेतलाई प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन जीविकोपार्जन पुनरुत्थानका लागि यो कार्यक्रम अघि वढाइएको हो । दीगो पर्यटन परियोजनाको सहकार्यमा टेकुनाला गाउँको पुछार चिरबिरे चौतारासम्मको पदमार्ग निर्माण कार्य हालै सकिएको छ । क्रमागत योजना अन्तर्गत गएको मङ्सिरमा काम सुरु गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माणको काम सकिएको धनपा वडा नं.८ का वडाध्यक्ष रसवहादुर आठपहरियाले बताए ।

धनकुटा नगरपालिकाको चालु आ.व.को २० लाख, पर्यटन परियोजनाको १० लाख र उपभोक्ता समितिको ४ लाख ५५ हजार गरी कूल ३८ लाख ५५ हजारको लागतमा पदमार्गको काम सम्पन्न भएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिए । धनकुटा नगरपालिका वडा नं ९ स्थित मूलघाट र धनकुटे खोलाको दोभानबाट दक्षिण र उत्तरतर्फ निर्माणधीन पदमार्ग पूरा गर्न करिब दुई करोडको बजेट आवश्यक रहेको अधिकारीले जानकारी दिए । पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको मुलघाट धनकुटा पदमार्गको विकाससँगै आठपहरिया गाउँ वस्तीहरुमा (होमस्टे) सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले वताएका छन् ।

तामाङले भने–‘तमोर नदी र मूलघाटसम्म आउने पर्यटकलाई आठपहरियाहरुको संस्कृति देखाउँदै नगरमा पर्यटक भित्र्याउन पदमार्ग निर्माणको मुख्य लक्ष्य हो ।’ चार किलोमिटरको पदमार्गको निर्माण कार्य पुरा भएपछि टेकुनाला गाउँबाट कच्ची सडक हुँदै सबै खालका साना सवारी साधनबाट करिब तीन किमिको दूरीमा रहेको धनकुटा बजार पुग्न सकिने छ । पदमार्ग भएर आउने पर्यटकले तमोर नदी क्षेत्रको मनोरम दृष्य, भौगोलिक विकटताको दृष्यावलोकन र सघन बसोबास क्षेत्र रहेको आठपहरिया जातीको रहन सहन,कला,संस्कृतिको नजिकबाट अध्ययन गर्न पाउने छन ।


  • Dhnakutapress

थप