Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

अशोज ३० गते मंगलवार देखि अनिश्चितकालिन धनकुटा बन्द

पक्राउ परेका पहिचानवादी राजवन्दी रिहा नगरेपछि आन्दोलनको घोषणा

  •   २ महिना अघि | २९ असोज २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/अशोज २५ गते विहिवार धनकुटाको राजारानीबाट पक्राउ परेका तिनजना पहिचानवादी राजवन्दी विनाशर्त सोमवार रिहा नभएपछि मंगलवार देखी धनकुटा अनिश्चितकालिन वन्द घोषणा गरिएको छ ।

प्रदेश नं.१ पुनःनामांकन संयुक्त संघर्ष समिति जिल्ला समन्वय समिति धनकुटाले पहिचानवादी राजवन्दीहरुलाई स्थानिय प्रशासनले सोमवार रिहा नगरेपछि वाध्य भएर आन्दोलनको घोषणा गरिएको जिल्ला संयोजक संजय सन्तोषी राईले बताए । यस अघि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख पून्यविक्रम पौडेलले अशोज–२५ गते राजारानीमा पक्राउ परेको पहिचानवादीहरुलाई सोमवार रिहा गर्ने प्रतिवद्धता जनाएका थिए । 

तर, सोमवार प्रजिअ पौडेलले पहिचानवादीहरुलाई नछोडेपछि वदलास्वरुप अनिश्चितकालिन धनकुटा वन्द घोषणा गरेको संघर्ष समितिका केन्द्रिय सचिवालय सदस्य कृष्ण चोङवाङले वताए । उनले भने–’पटक–पटक समन्वय सहकार्य गर्दागर्दै पनि धनकुटा प्रशासनले हेपाहा प्रवृति देखाएकाले मंगलवार देखी धनकुटा ठप्प पार्ने गरि आन्दोलन गर्नु परेको हो ।’ उनले हाम्रो साथीहरु विनाशर्त रिहा नभएसम्म धनकुटा वन्दको आन्दोलन जारी रहने वताए । 

जिल्ला प्शासन कार्यालयको मुलगेटमा आयोजित धनकुटा वन्द घोषणा कोणसभा पछि स्थानिय प्रशासन विरुद्ध चर्को नारावाजी गर्दै मंगलवार देखीको धनकुटा वन्द सफल पार्न धनकुटावासीलाई उनीहरुले अनुरोध गरेका थिए । उनीहरुले धनकुटा वजारको विभिन्न भागमा नारावाजी गर्दै स्थानिय मदनचोकमा पुगेर कोणसभा गरेका थिए ।   


  • Dhankutapress

थप