Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा कांग्रेसको क्षेत्रीय अधिवेशनबाट नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन

  •   १ महिना अघि | १५ असोज २०८३, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत धनकुटामा सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधिहरु चयन भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधिहरु निर्वाचित तथा निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क को सभापतिमा नेपालधन राई निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा दिलकुमार राई, सचिवमा कमलप्रसाद बराल, सहसचिव (महिला) मा रेजिना हिमाङ र सहसचिव (खुला) मा रुजान राई निर्विरोध चयन भएका छन् । यस्तै, प्रदेशसभा ‘ख‘ क्षेत्रीय कार्यसमितिको सभापतिमा प्रेम भण्डारी र सचिवमा वीरबहादुर थापा निर्वाचित भएका छन् । सभापति पदमा भण्डारीले विष्णु पौडेललाई तथा सचिव पदमा थापाले विवस श्रेष्ठलाई पराजित गरेका हुन् । उपसभापतिमा तेजकुमार श्रेष्ठ, सहसचिव (महिला) मा सृजना काँफ्ले र सहसचिव (खुला) मा दिपक बुढाथोकी निर्विरोध चयन भएका छन् ।

को–को भए महाधिवेशन प्रतिनिधि ?

यस्तै महाधिवेशन प्रतिनिधीमा महिला खुलातर्फ अम्विका धमला, इन्दिरा थापा (कटुवाल), लिला सुब्बा र सुमना तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ अग्नी प्रसाद पौडेल, दिनेश राई, ध्रुर्वराज रायमाझी, नवीन किशोर शाक्य, निर्मल प्रसाद ओझा र मनोहर नारायण श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै अन्य खुला उम्मेदवारमध्ये विजय सन्तोषी राई, सिद्धार्थ थापा, हरि कुमार राई तथा ज्ञानबहादुर गुरुङ पनि निर्वाचित भएको निर्वाचन अधिकृत रमेश दाहालले जानकारी दिए । हरि कुमार राई, अग्नीप्रसाद पौडेल र मनोहर नारायण श्रेष्ठ कांग्रेस धनकुटाका पूर्व सभापति हुन भने दिनेश राई बर्तमान सभापति हुन् ।श्रमिकतर्फ भीमबहादुर थापा निर्वाचित भएका छन् भने व्यावसायिक विषय विज्ञतर्फ प्रकाशकुमार राई (थुलुङ) निर्वाचित भएका छन्। युवा (महिला) तर्फ प्रिती राई निर्विरोध निर्वाचित भएकी छन् । युवा खुलातर्फ करुणा कटुवाल र गोविन्द लिम्बू निर्वाचित भएका छन् । कटुबाल नेपाल विद्यार्थी संघकी केन्द्रिय सभापति रहेकी छन् । त्यसैगरी अपांगता समूहबाट विक्रम ढकाल, अल्पसंख्यक तर्फ तिर्थ राई (वान्तवा), दलिततर्फ हरि कुमार दियाली (विश्वकर्मा) तथा प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व पीडिततर्फ आनन्द कुमार सन्तोषी राई निर्विरोध निर्वाचित भएका छन् । समानुपातिकतर्फ दलितबाट शिवराज विश्वकर्मा, आदिवासी जनजातितर्फ जुना श्रेष्ठ र आदिवासी जनजाति महिला तर्फ निरुपा राई (आठपहिरिया) तथा हिमाकुमारी चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । चेम्जोङ नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव रहेकी छन् । आदिवासी जनजाति खुलातर्फ अशोक राई निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधि चयनमा अधिकांश पद निर्विरोध :

निर्वाचन समितिका अनुसार प्रदेश ‘क‘ बाट महिला क्लस्टरतर्फ कृष्णमाया श्रेष्ठ र झरिला उप्रेती (रिजाल) निर्विरोध चयन भएका छन् । खुला क्लस्टरतर्फ खड्ग बहादुर लिम्बू, गजेन्द्र कुमार फागो, चिन्तामणि पौडेल, नगेन्द्र बहादुर तामाङ, भूपेन्द्र भण्डारी, भूपेन्द्र राई, मिनबहादुर कार्की र सपन श्रेष्ठ निर्विरोध चयन भएको उल्लेख छ । त्यस्तै, पेशागत विषयविज्ञतर्फ लोकबहादुर खड्का, युवा (महिला) तर्फ सृष्टिका राई, युवा (खुला) तर्फ रामकुमार राई, श्रमिकतर्फ रत्नबहादुर बस्नेत, जनआन्दोलन सेनानी, सहिद परिवार तथा द्वन्द्व पीडिततर्फ निर्मला थापा, दलिततर्फ रविन्द्र नेपाली र अल्पसंख्यकतर्फ जितेन्द्र राई निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

समानुपातिकतर्फ आदिवासी जनजाति महिला क्लस्टरबाट गंगामाया लिम्बू र संगीता राई, आदिवासी जनजातितर्फ देवेन्द्र बहादुर राई, बुद्ध तितुङ र साजन राई तथा खस आर्यतर्फ दुर्गा सुवेदी चयन भएका छन् । प्रदेश ‘ख‘ बाट महिला क्लस्टरबाट इन्दिरा कार्की र लक्ष्मी कार्क, खुलातर्फ गंगादेव राई, झडेन्द्र खतिवडा, टंकबहादुर भट्टराई, तिलबहादुर महत (तिलक), मदन घिमिरे, युवराज पराजुली, राजेन्द्र प्रसाद पौडेल र विश्वनाथ दाहालको निर्विरोध चयन भएका छन् । पेशागत विषयविज्ञमा डम्बरबहादुर पौडेल, युवा (महिला) मा सोनी बुढाथोकी, युवा (खुला) मा सविन चापागाईं, अपांगता क्लस्टरमा कपिल राज थापा र श्रमिकमा लीलाबल्लभ घिमिरे पनि निर्विरोध चयन भएका छन् ।

यसैगरी जनआन्दोलन सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फ केदारप्रसाद घिमिरे, दलिततर्फ इन्द्र दर्नाल, अल्पसंख्यकतर्फ पुनबहादुर राई, समानुपातिक आदिवासी जनजातितर्फ भरत श्रेष्ठ र लेखबहादुर गान्छाकी, समानुपातिक खस आर्यतर्फ गीता कार्की र चिरञ्जीवी थापा रहेको निर्वाचन समितिले जनाएको छ ।

  • dhankutapress

थप