Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

एमाले धनकुटामा स्थानीय तह पुर्नसंरचनाको बहस शुरु

  •   ६ महिना अघि | १० बैशाख २०८३, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/नेकपा एमाले धनकुटाले स्थानीय तह पुर्नसंरचनाको विषयमा छलफल शुरु भएको छ । सरकारले स्थानीय तह हटाउने प्रकृया अघि बढाएपछि एमाले धनकुटाले पनि यो विषयमा चासो दिएर छलफल थालेको हो । कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमाले धनकुटाले यो विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ ।

    अन्तरक्रिया कार्यक्रममार्फत स्थानीय तह पुर्नसंरचनाका विषयमा जनप्रतिनिधिहरूबाट राय सुझाव संकलन गरिएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत कार्यक्रममा सहभागि थिए ।

    उनीहरूले स्थानीय तह पुर्नसंरचनाका विषयमा सुझाव प्रस्तुत गरेका छन् । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले जनतालाई सहज हुने गरी स्थानीय तह पुर्नसंरचना गर्नुपर्ने धारणा राखे । एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल, प्रदेश सभा सदस्य निरन राई, जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ लगायतले स्थानीय तहको पुर्नसंरचना गर्दा जनताको सहजतालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एमाले नेतृसमेत रहेकी अधिवक्ता हिमा बस्नेतले स्थानीय तह पुर्नसंरचनाको कानूनी व्यवस्थाका विषयमा जानकारी गराएकी थिइन् । 

  • dhankutapress

थप