Breaking News
धनकुटाको हिलेमा वुद्ध जयन्तीको अवसरमा औतारी लामाबाट वाङ्ग अभिशेक साथै शान्ति ¥याली सम्पन्न    ||     ‘पहिचानको आन्दोलनलाई बलियो बनाउन पहिचानवादी मोर्चा गठन’–डा.लावती    ||     नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||    

धनकुटाको सात वटै पालिकामा कांग्रेसले जित्ने दावी

  •   २ वर्ष अघि | ३ फाल्गुन २०७८, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/आगामी स्थानिय तहको निर्वाचनमा धनकुटा जिल्लाको सात वटै पालिकामा नेपाली कांग्रेसले जित्ने दावी गरेको छ ।

स्थानीय तहको निर्वाचनको घोषणासंर्गै धनकुटामा चुनावी चहल पहल बढ्दै गएको समयमा नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले यस्तो वताएका हुन् ।

उनले धनकुटा कांग्रेसले यस पटक टोल स्तरसम्म संगठन तयार गरी व्यापक कार्यकर्ता परिचालन गरेकोले यस पटकको निर्वाचनमा सात वटै तहमा कांग्रेसले जित्ने दावी गरे।

जिल्लाको धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउपालिका, चौविसे गाउपालिका, सहिदभूमी गाउपालिका र छथरजोरपार्टी गाउपालिकामा कांग्रेसले निर्वाचन जित्ने जनमत बढेको दावी सभापती दिनेश राईको छ ।

सवै शक्ति लगाएर निर्वाचन जित्नका लागी सवै मातहतका समितिहरुलाई जिल्ला सभापती दिनेश राईले निर्देशन समेत दिएका छन् । धनकुटाको सात वटै पालिकाहरुमा गत निर्वाचनमा नेकपा एमालले विजयी प्राप्त गरेपनि पालिकाहरुमा कुनै परिवर्तन नभएको आरोप सभापति राईको छ ।

उल्टै व्यापक भ्रष्टाचार भएको र जनविरोधी क्रियाकलाप निरन्तर भैरहेकोले धनकुटाका जनता परिर्वतनको पक्षमा रहेको वताउँदै राईले यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिई जिताउने दावी गरे । नेपाली कांग्रेस धनकुटाको संगठन अहिले व्यापक रुपमा विस्तार तथा सुदृढीकरण हुदै गएको छ ।

कांग्रेसमा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन वढ्दै गएकाले धनकुटाको ६० वटै वडाहरुमा कांग्रेसको पक्षमा जनलहर बढ्दै गएकोले स्थानीय तहको निर्वाचनमा कांग्रेसले जित्ने जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।


  • dhankutapress

थप