धनकुटा प्रेस सम्वाददाता
उत्तरपानी/गएको भाद्र १० आएको हिमालयन सुनामीको कारण भोटेकोशीमा आएको वाढीले दिवंगत भएका हजारौं मृतआत्माको चीरशान्तीको लागी र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्न धनकुटाको हिलेमा रहेको ङाग्यूर निङमा उर्गेन नाम्डोल छ्योलिङ गुम्बामा १ हजार दिप प्रज्वलन गर्ने कार्यक्रम यहि भाद्र ३० गतेका दिन आयोजना हुने भएको छ ।
कार्यक्रम उत्तरपानी, हिले, धनकुटा, पाख्रीवास लगायतका धनकुटाका सातै पालिकाका सिङ्गो तामाङ समुदायकोे व्यवस्थापनमा सम्पन्न हुने धनकुटा उत्तरपानीका यूवा उद्यमी धनवहादुर मोक्तान तामाङले जानकारी दिएका छन् । उनले कार्यक्रमको प्रायोजक आफ्नै भाई हाल वेलायतका कार्यरत दिनेश मोक्तान (सेतुलाल) रहेको बताएका छन् । एक दिने कार्यक्रमको आयोजना ङाग्यूर निङमा उर्गेन नाम्डोल छ्योलिङ गुम्बा, धनकुटा–१ हिले वजारमा हुनेछ /
कार्यक्रमको मुख्य उदेश्य भनेको भोटेकोशी वाढी पिडित एवं घाईतेहरुको स्वास्थ्यलाभको कामना साथै मृत्यु बरण गर्नुहुनेहरुको आत्मशान्तीको लागि भगवान अमिताभ वुद्धसंग प्राथाना साथै द्धिपप्रज्वलन गर्ने रहेको छ । कार्यक्रममा सहभागी ३ सय जना भन्दा माथि हुने अपेक्षा गरिएको छ । कार्यक्रम संयोजन तामाङ समुदायका समाजसेवी एवं युवा उद्यमी (नेपाल तामाङ घेदुङ धनकुटा पुर्व जिल्ला समन्वय समिति, का सह–सचिव धनवहादुर मोक्तानले गरिरहेका छन् ।
- dhankutapress