धनकुटा प्रेस सम्वाददाता
पाख्रीवास/आज संसारभरका आदिवासी जनजातिहरुले ३२ औं विश्व आदिवासी दिवस मनाई रहेको छन् । यसै क्रममा नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदले काठमाण्डौंमा र नेपालको सातै प्रदेस र ७७ वटै जिल्लामा जिल्ला समन्वय परिषदले आफू अनुकुलको विविध कार्यक्रम आयोजना गरेर ३२ औं विश्व आदिवासी दिवस मनाई रहेको छन् । यस पटकको नारा ‘अधिकारको रक्षा आजको आवश्यक्ता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता‘ भन्ने रहेको छ ।
यसै शिलशिलामा धनकुटामा पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको आयोजनामा धनकुटाको पाख्रीवास वजारमा आज मिति २०८३ श्रावण २४ गते आईतवार ३२ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमको आयोजना गरी मनाईदै छ । पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ्गको प्रमुख आतिथ्यता तथा कोशी नाम खारेज संघर्ष समिति धनकुटाका संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुाटका निवर्तमान अध्यक्ष संजय सन्तोषी राईको विशेष आतथ्यतामा सम्पन्न हुने आदिवासी सभा आज ११ वजे शुरु हुने जिल्ला अध्यक्ष नविनकिशोर शाक्यले जानकारी दिएका छन् ।
आदिवासी साँस्कृतिक सभा शुरु हुनु पुर्व पाख्रीवास नगरमा विभिन्न जातजातिको साँस्कृतिक मौलिक झाँकीले परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष शाक्यले वताएका छन् । साँस्कृतिक झाँकीमा तामाङ घेदुङ, किराँत राई यायोखा, किराँत याक्थुङ्ग चुम्लुङ्ग, नेपाल मगर संघ, तमु ह्युल्ला छोँधी , नेवाःपुचः, नेपाल शेर्पा संघ लगायतका जातिय संस्थाहरुको सहभागीता रहने छ । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ पाख्रीवास नगर समन्वय परिषदको स्थानिय व्यवस्थापनमा सम्पन्न हुने नगर सचिव निरोज गुरुङ्गले जानकारी दिएका छन् । कार्यक्रममा धनकुटाका १५ एकल जातिय संस्थाहरुको प्रतिनिधित्व रहनेछ ।
- dhankutapress