Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटामा शव बोकेको एम्बुलेन्स दुर्घटनामा

  •   ३ हप्ता अघि | २५ असोज २०८३, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.–५, स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा शव बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । उम्दुलेन्स दुर्घटना हुँदा दुई जना एम्वुलेन्मा सवार घाइते भएका छन् ।

सनिवार राति करिब साँढे १२ः३० बजे विराटनगरबाट शव लिएर भोजपुरतर्फ जाँदै गरेको बा.प्र.०१.०२००२ झ ६१९० नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट खोल्सीमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका नं.८ निवासी २१ वर्षीय शक्ति राई गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको र उनी अचेत अवस्थामा रहेको जनाइएको छ । त्यस्तै, सोही गाउँपालिका वडा नं.–७ निवासी ४६ वर्षीय रामनन्द राईको कम्मरमा चोट लागेको छ । उनको अवस्था मध्यम खाल्को रहेको छ ।

दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । तर, थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । एम्बुलेन्स भोजपुर जिल्लामा पर्ने रामप्रसाद राई गाउँपालिकाद्वारा सञ्चालित रहेको जनाईएको छ ।

  • dhankutapress

थप