Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

कफी खेतीको वारेमा पाख्रीवासमा पत्रकार सम्मेलन मार्फत प्रगती बिबरण सार्वजानिक

  •   २ वर्ष अघि | १७ माघ २०७८, सोमवार

सन्तवीर लामा

धनकुटा/पाख्रिवास नगरपालिकाले सञ्चालन गरेको नमुना कफि खेति कार्यक्रमका विषयमा नगरवासीबाट नै विभिन्न टिकाटिप्पणी विभिन्न संचार माध्याम र पत्रपत्रिकामा आएपछि नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरि कफी खेतीको अहिले सम्मको प्रगती विवरण सार्वजनिक गरेको छ ।   

      पाख्रीवास नगरपालिकाले नमुना कफि खेति सञ्चालन गरेको पाख्रीवास न.पा.वडा नं.८ स्थित् आम्रेडाँडा कफी पकेट क्षेत्रमा पत्रकार सम्मेलन गरि हालसम्म भएको काम र उपलब्धीको विषयमा जानकारी दिएको हो । हालसम्म नगरपालिकाले शुरु गरेको कफी पकेट क्षेत्र घोषणा गर्र्ने आधारहरु अध्ययन गर्नको लागि २ लाख, विउ लगायत अन्य आवश्यक सामाग्री खरिद गर्नका लागि ५ लाख, विरुवा उत्पादन गर्न ५ लाख, विरुवा रोप्नका लागि ५ लाख र नमुना कफी खेतिमा छहारी व्यवस्थापनका लागि ५ लाख गरि २२ लाख रुपैया खर्च भईसकेको जानकारी दिएको छ । 


पत्रकार सम्मेलनमा कफी खेतीको वारेमा जानकारी दिनु हुँदै पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राई ।

त्यस्तै नगर प्रमुख बृषबहादुर राईले ३ लाख पचास हजार रुपैयाको जग्गामा कफी प्रसोधन केन्द्र र हाईटेक नर्सरी निमार्णका लागि नगरपालिकाको नाममा जग्गा पास गरेर दिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यस्तै नमुना कफी खेति विकासका लागि जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशीत गरेपनि कतैवाट जग्गा प्राप्ती नभएपछि नगर प्रमुख राईले आफ्नै नाममा रहेको ६० रोपनी जग्गा ७ वर्षको लागि निःशुल्क उपलब्ध गराएको जानकारी दिए । उनले ७ वर्ष पछि भने कुल आम्दानीको १५ प्रतिसत आफूले पाउने गरि उक्त जग्गा उपलब्ध गराएको बताएका छन् । उक्त नमुना कफि विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट विषेश अनुदान अन्तर्गत आ.व.०७८÷०७९ मा १ करोड रुपैया आएको समेत पत्रकार सम्मेलनमा बताइएको छ । 

प्रदेश सरकारबाट विनियोजन गरिएको १ करोड वजेटले पाख्रीवास नगरपालिका वडा नं.८ आम्रेडाँडामा रहेको कफी प्रशोधन केन्द्र र कफी पकेट क्षेत्रसम्म जाने पहुँचमार्ग, हाइैटेक नर्सरी, प्रशोधन केन्द्रमा भण्डारण गर्ने, पखाल्ने र सुकाउने आदी निर्माणमा खर्च गरिएको बताए । सो अवसरमा पाख्रीवास कृषि÷कफी शाखाका संयोजक अमर राईले आफू समायोजना भएर नवलपरासीबाट धनकुटा आएपछि पाख्रीवास नगरपालिकाको कृषि शाखामा काम गरेको बताए । उनले कृषि शाखामा आए देखी कफी शाखाका जिम्मेवारी सम्हालेको बताए । राईले आफूले कृषि शाखाको अन्य प्राविधिक साथीहरुसंग कफी खेतीको वारेमा भने जस्तो समन्वय गर्न नसक्दा केही कुराहरुमा गलत वुझाई भएर वाहिर गएको स्विकारेका छन् । 

कृषि कर्मलाई आधुनिकिकरण तथा व्यवसायीकरण गर्दै आम नागरीकलाई कृषि कार्यमा उत्पेरीत गर्ने उद्येश्यले पाख्रीवास नगरपालिकाले कफी पकेट क्षेत्र नै घोषणा गरेर  कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाख्रीवास नगरपालिकाका नगर प्रमुख विृष वहादुर राईले १ लाख, ५० हजार कफीको विरुवा अहिले पनि नर्सरीमा रहेको  बताए । उनले नगरभित्रका जो कोहीले पनि  कफीको विरुवा खरिद गर्दा १ हजार भन्दा बढि विरुवा लानेलाई प्रति विरुवा ६ रुपैया, ५ सय देखी १ हजारसम्म विरुवा लानेलाई प्रति विरुवा ८ रुपयाँको दरले दिने ५ सय भन्दा कम विरुवा लानेलाई प्रति वोट १० रुपयाँ गोटाले विक्रि गर्ने र ढुवानी पनि गरीदिने बताए ।


सो अवसरमा उनले पाख्रीवास नगरपालिकाको सुख्खाग्रस्त क्षेत्रको पहिचान गरी त्यस्ता जमिनको सदुपयोग गरेर आमनगरवासीलाई जीवका पार्जनको आधार वनाउन कफी खेती पकेट क्षेत्र कार्यक्रम लागु गरिएको बताए । उनले सो अवसरमा पाख्रस्वास नगर क्षेत्रको विभिन्न १० वटा वडा भित्र साडे ४ हजार हेक्टर जमिनमा कफी खेती गर्न सकिने पनि स्पष्ट पारे । जस मध्ये सवै भन्दा वढी कफी खेतीको विस्तार पाख्रीवास नगरपालिकाको वडा नं.८ मा गरिएको पनि प्रमुख राईले स्पष्ट पारेका छन् ।  

त्यस्तै नगरपालिका देखि बाहेक जस्ले लगे पनि प्रति विरुवा २० रुपैयामा उपलब्ध गराउने जानकारी दिइएको छ । सरकारी रेटमा कफिको प्रति विरुवा ३० रुपैया रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा उप प्रमुख देवकला तिम्सीना पौडेल, कृषि अभियान्ता जीवन प्रसाद राई लगायतले वोलेका थिए । कार्यक्रमको संचालन पाख्रीवास नगरपालिका वडा नंं.८ का वडाध्यक्ष सीताराम राईले गरेका थिए । 


  • dhankutapress

थप