Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

दशैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै धनकुटामा खसी बोका, सुंगुर बंगुरको किनबेच मुल्य बढ्यो

  •   ४ हप्ता अघि | १९ असोज २०८३, सोमवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/दशैं आउन एक हप्ता बाँकी रहँदा धनकुटाका साप्ताहिक हाटबजारमा खसीबोका, कुखुरा, सुँगुर, बंगुरको किनबेच बढ्न थालेको छ । 

दशैं तिहार जस्ता नेपालीहरुको मुख्य चाडपर्वका लागि खर्च जुटाउन किसानले वर्षभरि पालेका पशुपक्षी बिक्रीका लागि हाटबजारमा ल्याउन थालेका छन् भने दशैं तिहारका लागि खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको छ । दशैंलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक तथा पाक्षिक हाटबजारमा पशुपक्षीको किनबेच बढ्न थालेको हो । धनकुटा बजारमा बिहीबार, सिधुवामा बुधबार, मुलघाटमा वुधवार, पाख्रीवासमा सनिवार, जीतपुरमा सनिवार, आँखिसल्ला र छिन्ताङमा पनि बुधबार हाटबजार लाग्ने गर्दछ । यी बजारहरुमा स्थानीय किसानले खसीबोका, कुखुरा र सुँगुर बिक्रीका लागि ल्याउने गरेका छन ।किसानका लागि दशैंमा पशुपक्षी बिक्री गर्नु घरखर्च जुटाउने महत्वपूर्ण माध्यम बनेको छ । वर्षभरि दुःख गरेर पालेका पशुपक्षी चाडपर्वको समयमा बिक्री गरी घरायसी आवश्यकता पूरा गर्ने, बालबालिकाको पढाइ खर्च जुटाउने तथा दशैं मनाउने खर्चको जोहो गर्ने गरेका छन । हाटबजारमा किसान र उपभोक्ताबीच प्रत्यक्ष किनबेच हुने भएकाले दशैं नजिकिँदै जाँदा बजारमा चहलपहल थपिने गरेको छ । स्थानीयस्तरमै उत्पादित पशुपक्षी बिक्री हुने भएकाले हाटबजार किसानका लागि आम्दानीको अवसरसमेत बनेको छ । 

यसैबीच, धनकुटामा खसीबोकाको मासुको मूल्य प्रतिकिलो ९ सयदेखि १ हजार १ सय रुपैयाँसम्म रहेको मासु व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष मिलन खड्गीले बताए । दशैं नजिकिँदै जाँदा खसीबोकाको माग अझ बढ्ने व्यवसायीहरूको अनुमान छ । दशैंमा मासुको खपत बढ्ने भएकाले आगामी दिनमा खसीबोकाको कारोबार थप बढ्ने अपेक्षा गरिएको छ । चाडपर्वको समयमा उपभोक्ताको माग बढेसँगै पशुपक्षी बिक्रीबाट किसानले राम्रो आम्दानी गर्ने अवसरसमेत पाउने गरेका छन । यसरी दशैं नजिकिएसँगै धनकुटाका हाटबजारमा बढेको पशुपक्षीको किनबेचले चाडपर्वको रौनकसँगै ग्रामीण अर्थतन्त्रमा हुने आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन मद्धत पुर्याएको छ ।

  • dhankutapress

थप