धनकुटा प्रेस सम्वाददाता
धनकुटा/उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष वाहेक सम्पूर्ण पदमा अध्यक्ष रामवहादुर राया (श्रीराम) को टिम विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष विक्रम प्रधान भने कृष्णराज श्रेष्ठको टिमबाट भारीमतले विजयी भएका हुन् ।
राती अवेर सार्वजानिक भएको मत परिणामनुसार उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्ष पदका उम्मेदवार रामवहादुर राय (श्रीराम) ले २ सय ९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दि कृष्णराज श्रेष्ठले १ सय ६६ मत प्राप्त गरेर पराजित भएका छन् । त्यसैगरी उपाध्यक्ष रिदम श्रेष्ठले २ सय ५७ मत प्राप्त गरेर विजयी भएका छन् भने उनको प्रतिद्धन्दि नगेन्द्र काफ्लेले १ सय ३१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सरस्वती मगरले २ सय ६९ मत प्राप्त गरेर विजयी भएकी छिन भने उनका प्रतिद्धन्दी सुनिता पौडेदले ४९ मत प्राप्त गरेकी छन् । त्यसैगरी महिला उपाध्यक्षमा रेजीना पालिखेले २ सय ३१ मत प्राप्त गरेर विजयी भएकी छिन भने उनका प्रतिद्धन्दि निर्मला राई श्रेष्ठले १ सय ३३ मत प्राप्त गरेकी छन् । सचिव पदका उर्गेन शाक्यले २ सय ७१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी महेन्द्र थापाले ९२ मत ल्याएका छन् । पदाधिकारीमा सवै भन्दा वढी मत सचिव पदका उम्मेदवार उर्गेन शाक्यले प्राप्त गरेका छन् । त्यसैगरी कोषाध्यक्षमा रुपेश श्रेष्ठले २ सय ४४ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रतिद्धन्दी प्रविन पोख्रेलले १ सय १६ मत प्राप्त गरेका छन् ।
सदस्य पदमा देवेन्द्र प्रधान प्रधानले २ सय ६५ मत, शिशिर श्रेष्ठ २ सय ४४, निरोज श्रेष्ठ २ सय ७४, मुनादेवी पोख्र्रेल २ सय ३४ र शिवपुजन शाहा २ सय १९ मत ल्याएर विजयी भएका छन् । पराजित हुने सदस्यहरु सागर तामाङ १ सय १५, शोभा श्रेष्ठ १ सय १९, देववहादुर विश्वकर्मा ८०, गोविन्द दाहालले १ सय १३ र भैरा राई ९७ मत प्राप्त गरी पराजित भएका छन् ।
यस अघि नवनिर्वाचित अध्यक्ष रामवहादुर राया (श्रीराम) प्यानलबाट उज्ज्वल कर्माचार्य (महासचिव) तुमराज लिम्बू (वस्तुगत सदस्यं), सफल राई (वस्तुगत सदस्य), लिजा श्रेष्ठ (वस्तुगत सदस्य), राजु प्रधान (उद्योग सदस्य), गङ्गा गुरुङ (महिला सदस्य) र प्रमिसा श्रेष्ठ थापा (महिला सदस्य) निर्जिरोध निर्वाचित भएका थिए । बाँकी रहेको १२ पदका लागि भाद्र्र ६ गते निर्वाचन भएको थियो ।
- dhankutapress