Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

धनकुटा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको पदभार ग्रहण (फोटो फिचर सहित)

  •   २ महिना अघि | २७ भदौ २०८३, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण सहित पदभार ग्रहण गरेका छन् । 

गत भदौ ६ गते सम्पन्न संघको निर्वाचनबाट निर्वाचित भएका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले सनिबार एक समारोह बीच निर्वाचन आयुक्त विकास प्रधानले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वार्चित अध्यक्ष श्रीराम रायमाझीले निर्वाचन सकिएसँगै संघका पक्ष विपक्षको विवाद समाप्त भएको बताए । उनले आफ्नो नेतृत्वको टिम व्यवसायिक प्रतिनिधि भएको उल्लेख गर्दै संघले अव उद्योगी, ब्यवसायीका समस्या समाधानका लागि केन्द्रित भएर काम गर्ने बताए ।नवनिर्बाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई धनकुटा नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङले निर्वाचित भएको प्रमाणपत्र वितरण गरे । कार्यक्रममा प्रमुख तामाङले खुल्ला बजार अर्थतन्त्रमा उद्योगी व्यवसायीको महत्वपुर्ण भूमिका हुने बताए । उनले व्यवसायीको कर नै राज्यको ठूलो आम्दानी भएकाले व्यवसायीको पक्षमा काम गर्न तयार रहेको बताए ।गएको भदौं ६ गते सम्पन्न भएको संघको निर्वाचनबाट अध्यक्षमा रामवहादुर राया (श्रीराम रायमाझी) निर्वाचित भएका थिए भने वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा रिदम श्रेष्ठ र सरस्वती मगर, महिला उपाध्यक्षमा रेजिना पालिखे, महासचिवमा उज्ज्वल कर्माचार्य, सचिवमा उर्गेन शाक्य, कोषाध्यक्षमा रुपेश श्रेष्ठ, निर्वाचित भएका थिए । यस्तै सदस्यहरूमा निरोज श्रेष्ठ, देवेन्द्र प्रधान, मुनादेवी पोखरेल, शिशिर श्रेष्ठ र शिवपूजन शाह निर्वाचित भएका थिए ।निवर्तमान अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न पदभार ग्रहण एवं पदस्थापन कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, सुरक्षा निकायका प्रमुखहरु, नवनिर्वाचित निर्माण व्यवसायी संघका अध्यक्ष ओमवहादुर वस्नेत, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । 

  • dhankutapress

थप