Breaking News
प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||     धनकुटेली समागमको सम्मान र विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार    ||     सामुहिक लाखे नाचेर भोटे कोशी वाढी पीडितलाई ७१ हजार १ सय २ नगद संकलन    ||    

उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि व्यवसायी राम रायमाझीले आफ्नो प्रतिवद्धता सार्वजनिक गरे

  •   २ महिना अघि | ४ भदौ २०८३, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/आउने भदौ ६ गते हुन गइरहेको उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि होटल व्यवसायी राम रायमाझीको प्यानलले चुनावी प्रतिवद्धता सहित आफ्नो प्यानल सार्वजनिक गरेको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिवद्धता सहित प्यानलको उम्मेदवारी सार्बजनिक गरेको हो । पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी उम्मेदवार राम रायमाझीले आफ्नो विभिन्न १५ वटा प्रतिवद्धता सहितको घोषणापत्र सार्वजनिक गरेका छन् । रायमाझीले उक्त १५ वटा घोषणापत्रमा सार्वजानिक गरेका प्रतिवद्धता आगामी वर्षभित्रमा पुरागर्ने दावी गरेका छन् ।


पत्रकार सम्मेलनमा सार्वजाकि गरिएको प्रतिवद्धता सहितको चुनावी घोषणापत्रमा हरेक व्यवसायीको घरघरमा नै गएर सदस्य नवीकरण गर्ने जनाएका छन् । सबै क्षेत्रका सबै समुदायको समान प्रतिनिधित्व गर्ने, व्यवसायीक क्षेत्रहरू होटल पर्यटषयहरू समेटेका छन् । 

उद्योग वाणिज्य संघ धनकुटामा १९ पदको लागि भइरहेको प्रतिस्पर्धामा एक महासचिव सहित सात जना सदस्यहरु यसअघि नै सर्वसहमतले निर्विरोध निर्वाचित भइसकेका छन । अध्यक्षका उम्मेदवार राम रायमाझी लामो समयदेखि होटल व्यवसायमा आबद्ध रहेका छन् ।  उपछिल्लो समयमा पर्यटकिय नगरी हिले वजार र धनकुटा वजारमा होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष विजय सन्तोषी राई, धनपा–७ का वडाध्यक्ष एवं पुर्व उद्योग वाणिज्य संघ धनकुटाका कोषाध्यक्ष रोशेष श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष विदुर खवास लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

         यस अघि कृष्णराज श्रेष्ठले पनि आफ्नो प्रतिवद्धता सहित प्यानल सार्वजनिक गरिसकेका छन् । संघमा हाल ४३२ व्यवसायी सदस्य आबद्ध रहेका छन ।

  • dhankutapress

थप